सिम्ले, धादिङ । गोगनपानी साना किसान कृषि सहकारी संस्था लि.को २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
थाक्रे वडा नम्बर ११ को बेलटारमा रहेको गोगनपानी साना किसान कृषि सहकारी संस्थाले शुक्रबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष बद्रि प्रसाद रुपाखेतीले प्रस्तुत गर्नु भएको थियो ।

वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ५६ लाख १८ हजार ८ सय रहेको छ । निक्षेप रकम ५ करोड ७० लाख ९७ हजार १ सय ६३ रुपैयाँ, कर्जा लगानी १७ करोड ३६ लाख ४१ हजार ७ सय ४२ रुपैयाँ रहेको सहकारीको जम्मा दायित्य २१ करोड ३३ लाख ८६ हजार ८ सय ५८ रुपैंया रहेको सहकारीका लेखा समितिका सदस्य हरिहर सुवेदीले जानकारी दिनु भयो ।

संस्थामा अहिले १६५ वटा समुह तथा ८२५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष रुपाखेतीले बताउनु भयो ।

कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, थाक्रेका उपाध्यक्ष यन्त्र बहादुर थापा, गल्छीका उपाध्यक्ष भाइकाजी तिवारी,थाक्रे वडा नम्बर ११ का अध्यक्ष सुदर्शन पाण्डे, गल्छी ८ का वडा अध्यक्ष विशाल लुङगेलि मगर, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका प्रबन्धक विशाल तुलाधर, वडा सदस्यहरु, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, थाक्रे साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष शंकर तामाङ, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा, मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उर्मिला रुपाखेती, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

