नेपाल–जापान एजुकेसनल अवार्ड कार्यक्रमबाट धादिङको सक्सेस एकेडेमीले बहुआयामिक उपलब्धी हाँसिल गरेको छ।
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ मा रेको सक्सेस एकेडेमीले यस वर्षको उत्कृष्ट विद्यालय पुरस्कार २०२३ बागमती प्रदेश -Best School of the year award 2023 - Bagmati Province_ प्राप्त गर्न सफल भएको सक्सेस एकेडेमीका प्रिन्सिपल जगत रिजालले बताएका छन्।
एभरेस्ट ईन्टरनेशनल स्कुल÷कलेज टोकियो जापानमा भएको एक कार्यक्रमका वीचमा जापानका लागि नेपालका राजदुत दुर्गा बहादुर सुवेदी, प्रतिनिधि सभाका सदस्य टि.एल. चौधरी, एनाआरएन जापानका अध्यक्ष नबिन निउरेले उक्त अवार्ड एकेडेमीका अध्यक्ष र प्रिन्सिपल लाई प्रदान गरिएको हो । कार्यक्रममा देश विदेशका विभिन्न शिक्षाविदहरुको समेत सहभागीता रहेको थियो ।