आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जलविद्युत्‌मा लगानी गर्न एसियाली बैंकलाई आग्रह

जलविद्युत्‌मा लगानी गर्न एसियाली बैंकलाई आग्रह

नागरिक पाटी

२४, कार्तिक २०८०
  • 5.5K
    SHARES
  • जलविद्युत्‌मा लगानी गर्न एसियाली बैंकलाई आग्रह

    काठमाडौँ । एसियाली बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपालमा जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्न अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरेका छन् । सरकारले जलविद्युत्, साना तथा घरेलु उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रको लगानी विस्तारलाई प्राथमिकतामा राखेकाले ती क्षेत्रमा लगानी गर्ने लगानीकर्तालाई सरकारले पूर्ण रूपमा सहयोग गर्ने उनको भनाइ छ ।

    images

    जलविद्युत्‌मा लगानी गर्न एसियाली बैंकलाई आग्रह

    नेपाल बैंकर्स संघले काठमाडौंमा आयोजना गरेको एसियन बैंकर्स एसोसिएसनको ३९औं ‘जनरल मिटिङ एन्ड कन्फ्रेन्समा’ बिहीबार अर्थमन्त्री महतले जलविद्युत्, साना उद्योग, कृषि, पयर्टनलगायत क्षेत्रमा लगानी बढाउने उद्देश्यले सरकारले नीतिगत व्यवस्था गरिरहेकाले ती क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने जनाए । शुक्रबारसम्म चल्ने सम्मेलनमा १८ देशका ६३ जना बैंकरको सहभागिता छ । कान्तिपुर दैनिकबाट

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०८० शुक्रवार - ०७:५५:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology