शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको महादेबवेशीमा शैक्षिक गुणस्तरमा सरोकारवालाको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम

धादिङको महादेबवेशीमा शैक्षिक गुणस्तरमा सरोकारवालाको भूमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम

शिवराज आचार्य

१४, मंसिर २०८०
  • 4.4K
    SHARES
  • धादिङको महादेबवेशीमा शैक्षिक गुणस्तरमा सरोकारवालाको भूमिका विषयक एक दिने अन्तरक्रिया  कार्यक्रम

    धार्के,धादिङ । धादिङको महादेबवेशीमा ग्रामीण स्तरको  र लैगिंक विभेदको जोखिम विषयमा एक दिन अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ ।

    images
    images

    IMG_0546.JPG

    शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति धादिङको आयोजना र transforming education को सहकार्यमा सञ्चालन भएको एक दिने अन्तरक्रिया कार्यक्रममा धादिङको धुनिवेशी,थाक्रे र गल्छी पालिकाका जनप्रतिनिधि,सामुदायिक विद्यालयका प्रधानाध्यपक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो।

    कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल धादिङका अध्यक्ष गोकर्ण रुपाखेतीले जिल्ला भित्रका सामुदायिक विद्यालयहरुको अबस्थाका बारेमा सरोकारवालाहरुलाई जनकारी गराउनु भएको थियो। अध्यक्ष रुपाखेतीले सामुदायिक विद्यालयको गुण्स्तर सुधार गर्नु अहिलेको आबश्यकता रहेको बताउनु भएको छ । जिल्लामा संस्थागत विद्यालयको शैक्षिक गुण्स्तर भन्दा सामुदायिक विद्यालयको शैक्षिक गुण्स्तर नाजुक रहेकाले सामुदायिक विद्यालयको गुण्स्तर बृद्धि गर्न सबै सरोकारवाला एक जुट हुनु पर्ने उहाँको भनाइ छ ।

    कार्यक्रममा सहभागि हुनु भएका थाक्रे र गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरुले शैक्षिक गुण्स्तर सुधार गर्न सबैले आफ्नो ठाउँबाट काम गर्नु पर्ने बताएका छन्। उहाँहरुले सामुदायिक विद्यालयमा राज्यले गरेको लगानी अनुसार शैक्षिक गुण्स्तर सुधार हुन नसकेको बताएका छन् ।

    IMG_0571.JPG

    अन्तरक्रिया कार्यक्रमा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी,थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा, वडा नम्बर ६ अध्यक्ष हिरा बहादुर थापा(राजेन्द्र), वडा नम्बर ३ का वडा अध्यक्ष विजय तामाङ, थाक्रेका शिक्षा अधिकृत दुर्गादेवी खड्का,इलाका प्रहरी कार्यालय खनिखोलाका प्रमुख देबेन्द्र शाह,विभिन्न विद्यालयका प्र.अ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको लगायतको सहभागिता रहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल धादिङका सचिव दिल बहादुर रम्तेलले जानकारी दिनु भएको छ ।

    IMG_0566.JPG

    IMG_0564.JPG

    IMG_0561.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०८० बिहिवार - १२:४४:५५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology