आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जीवनपुर सानाकिसानको २१ औं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन, अध्यक्षमा पुनः रुचाल चयन

जीवनपुर सानाकिसानको २१ औं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन, अध्यक्षमा पुनः रुचाल चयन

आशिष ठकुरी

१६, मंसिर २०८०
  • 3.5K
    SHARES
  • जीवनपुर सानाकिसानको २१ औं वार्षिक साधारण सभा तथा नवौँ अधिवेशन, अध्यक्षमा पुनः रुचाल चयन

    जीवनपुर सानाकिसान कृषि सहकारी संस्था धुनिबेशीको २१ औं वार्षिक साधारण सभा तथा नबौं अधिवेशन सम्पन्न भएको छ । सभाले राजेश रुचालको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति तथा माधवराज रेग्मीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन गरेको छ ।

    images

    संस्थाको नवनिर्मित भवन जिवनपुरमा भएको साधारण सभामा सहकारीका अध्यक्ष राजेश कुमार रुचालले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगती प्रतिवेदन, लेखा समिति संयोजक माधवराज रेग्मीले लेखा समितिको प्रतिवेदन, तथा संस्था प्रबन्धक रमेश प्रसाद रुपाखेतीले संस्थाको साङ्गठानिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

    साधारण सभामा पेश भएको प्रतिवेदन अनुसार संस्थाको २०८० असार मसान्त सम्म कुल ३१८ वटा समुहहरु रहेको, आर्थिक वर्षको अन्त्यमा खुद ६९ लाख १६ हजार नाफा कमाउन सफल भएको बताइएको छ ।

    अघिल्लो आर्थिक वर्षमा सहकारीले प्रदेश सरकार र धुनिबेशी नगरपालिकाको साझेदारीमा भवन निर्माण सुरु गरेको, कालिमाटी तरकारी बजारमा आफ्नो विक्रि कक्ष प्राप्त गरेको, सानाकिसान विकास लघुवित्त वित्तिय संस्था, प्रदेश सरकार तथा नगरपालिका संगको साझेदारीमा विभिन्न सहुलियत पूर्ण कर्जाहरु कृषकहरुलाई प्रदान गरेको, नगरपालिका, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र लगायतका निकायहरु संगको साझेदारीमा कृषक केन्द्रित कार्यक्रमहरु संचालन गरको उल्लेख गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि तथा धादिङ क्षेत्र नं १ का संघिय साँसद राजेन्द्र प्रसाद पाण्डेले साना किसान कृषि सहकारी संस्था विशिष्ट सहकारी संस्था भएकोले संस्थालाई जोगाउनका लागि सम्पूर्ण किसानहरु लाग्नुपर्ने बताउनुभयो । जिवनपुर सानाकिसान कृषि सहकारीको भवन निर्माणका लागि आफुले सहयोग गरेको र अपुरो भवन पूर्ण गर्नका लागि आफुले सहयोग गर्ने बताउनु भयो ।

    बागमती प्रदेश धादिङ क्षेत्र नं १ (क) का सदस्य मदुकुमार श्रेष्ठले सहकारीका सदस्यहरुमा सहकार्यको भावना हुनुपर्ने र सोहि अनुसार अघि वढ्नुपर्नेमा जोड दिनुभयो ।

    ruchal 1.jpg

    यस्तै धनिबेशी नगरापलिकाका प्रमुख बालकृष्ण आचार्यले कठिन परिस्थितिको सामना गर्दै सहकारी यो स्थान सम्म आइपुगेको र सहकारी जोगाउने तथा यसको विकासका लागि सम्पूर्ण सदस्यहरु लाग्नुपर्ने बताउनु भयो । नगर प्रमुख आचार्यले जिवनपुर सानाकिसान संगको साझेदारीमा नगरले विभिन्न कार्यक्रम हरु संचालन गरिरहेको र आगामी दिनमा समेत सोहि अनुसार अघि बढ्ने पनि बताउनु भयो ।

    कार्यक्रममा उपस्थित अतिथिहरुले जिवनपुर सानाकिसान कृषि सहकारी संस्थाले कृषकहरुको अर्थिक तथा सामाजिक एवं व्यवसायिक विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गरेको भन्दै आगामी दिनमा सहकारीको थप उन्नतिका लागि शुभकामना दिनुभएको छ ।

    साधारण सभामा धादिङ क्षेत्र नं १ का संघिय सासँद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो भने, बागमती प्रदेश धादिङ क्षेत्र नं १ (क) का प्रदेश सांसद मदुकुमार श्रेष्ठ, धुनिबेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यको विशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा कृषि सहकारी जिल्ला संघका अध्यक्ष रंग थपलिया, धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटा, सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय गजुरीका अधिकृत सुर्य अधिकारी, सहकारीको कार्यक्षेत्र धुनिबेशी नगरपालिका वडा नं ३,४,५ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्य एवं जनप्रतिनिधि, विभिन्न छिमेकी सहकारीका अध्यक्ष एवं व्यवस्थापक लगायतको आतिथ्यता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - २०:३७:११ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology