शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने तयारी

कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने तयारी

नागरिक पाटी

२७, मंसिर २०८०
  • 2.9K
    SHARES
  • कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने तयारी

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार रहेको बताएका छन्। सिन्धुपाल्चोकको चौतारा –८ स्थित इर्खु माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव तथा २४औँ अभिभावक भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले निःशुल्क पठनपाठनको तयारी गरिरहेको जानकारी दिए।

    images
    images

    ‘१२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था गर्ने तयारीमा सरकार रहेको छ,’ मन्त्री बस्नेतले भने, ‘आर्थिक अभावमा कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुने अवस्था नआओस् भनेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने सोचमा सरकार छ। त्यसको घोषणा चाँडै हुनेछ।’

    मन्त्री बस्नेतले चिकित्सा शिक्षालाई सबैको पहुँचमा पुर्‍याउने अभियानमा आफू लागेको बताउँदै ३ सय शय्या भएको अस्पतालमा नर्सिङ, ३ सयभन्दा माथिका अस्पतालमा चिकित्सा शिक्षा अध्यापनको अनुमति दिइने जानकारी दिए।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २७, २०८० बुधवार - ०७:१८:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology