धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुवनेश्वरी माध्यमिक विद्यालयले उपाधी जितेको छ । भुवनेश्वरीले १४ स्वर्ण १० रजत र १० कास्य सहित उपाधी जितेको हो ।

यस्तै ७ स्वर्ण ८ रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय प्रतियोगितामा दृतिय भएको छ । यस्तै ६ स्वर्ण ५ रजत ४ कास्य सहित महादेवस्थान माध्यमिक विद्यालय तृृतिय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सँघिय साँसद राजेन्द्र पाण्डेको प्रमुख आतित्थ्यता रहेको थियो भने बागमती प्रदेशका साँसद मदुकुमार श्रेष्ठको विशेष आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा नगर उप-प्रमुख सुरज उप्रेती, वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, वडा नम्बर ९ का वडा अध्यक्ष माधव सिलवाल, शिक्षा शाखा प्रमुख सहित विभिन्न विद्यालयका शिक्षक लगायतको आतित्थ्यता रहेको थियो ।
कसको नजिता कस्तो ?
