धादिङ ।बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि बेनिघाटरोराङ गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक)ले बताएका छन् ।
बेनिघाटरोराङ गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा ,राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको बालबालिकाहरुको शिक्षाको जग बाल बिकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको पनि अध्यक्ष थपलियाले बताउनु भयो ।
बाल विकास सहजकर्ताहरुको लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण सम्बन्धि क्षमता अभिबृद्धि कार्यशाला शुरुवातको अवसरमा गाउँपालिका अध्यक्ष थपलियाले उक्त कुरा बताउनु भएको हो । बेनिघाटरोराङ गाउँपालिकाका वडा नम्बर ६,८ र १० का सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना गाउँपालिकाको समन्वय,चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन भई रहेको छ ।

यहि क्रममा सहजकर्ताहरुको ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन बाल विकास कक्षा तथा सामाग्री व्यवस्थापन र परिचालन सम्बन्धी ७ दिने आधारभुत तालीम गरिएको हो ।
बेनिघाटरोराङ गाउँपालिकावडा नम्बर ६,८ र १० भित्रका सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

२ वर्ष वा १ हजार दिनमा ८० प्रतिशत मष्तिकको विकास हुन्छ । ५ बर्षमा ९० प्रतिशत हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि बेनिघारोराङ गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनु भयो ।
तालिम उद्घाटन सत्रमा भनाई राख्नु हुँदै चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनारले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुलाई केन्द्रमा राखेर स्थानीय साझेदार संस्था प्रयास नेपाल,धादिङसँगको साझेदारीमा आगामी ५ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत बेनिघाटरोराङ गाउँपालिकालाई सहयोग गर्न लागिएको बताउनु भयो । परियोजना अन्तरगत बालबालिकाहरुको सर्वाङिण विकाससँग सम्बन्धित सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु सम्बिधत सरोकारवालाहरुको समेत संलग्नतामा कार्यान्वयन गरिने योजना रहे अनुसार नै यो तालिम संचालन भएको बताउनु भयो ।

आधारभुत तालीममा बाल विकास के हो ? बाल कक्षामा किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार बाल विकास कक्षाकालाई किन छ सिकाई क्षेत्रमा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ , बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध , परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह ,अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापाले सहजिकरण गर्नु हुने तालिम पुस ७ गते सम्म संचालन हुने प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनु भयो ।