शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जगत बहादुर थापा स्मृति संस्थाद्वारा स्टेशनरी सामग्री वितरण

जगत बहादुर थापा स्मृति संस्थाद्वारा स्टेशनरी सामग्री वितरण

नागरिक पाटी

१२, माघ २०८०
  • 10.2K
    SHARES
  • जगत बहादुर थापा स्मृति संस्थाद्वारा स्टेशनरी सामग्री वितरण

    धादिङ । धादिङको थाक्रे गाउँपालिकामा अवस्थित जगत बहादुर थापा स्मृति संस्थाद्वारा मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ मा अवस्थित श्री बालकुमारी आधारभुत विद्यालयमा हिजो स्टेशनरी सामग्री वितरण गरिएको छ ।

    images
    images

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ता बल, विद्यालयका प्रधानाध्यापक कोपिला भेटवाल, विद्यालयमा अध्यापनरत शिक्षक, विद्यार्थीका अभिभावक तथा स्थानीयहरूको उपस्थितिमा उक्त कार्य सम्पन्न भएको हो ।

    संस्थाका अध्यक्ष राजु थापा तथा कोषाध्यक्ष अनिता रेग्मीको हातबाट विद्यालयमा अध्ययनरत ५० जना छात्र छात्राहरूलाई कापी, कलम, पेन्सिल, इरेजर, सार्पनर, ज्यामिति बाकस लगायतका सामग्री वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष बलले धादिङको थाक्रे गाउँपालिकाबाट मकवानपुरको थाहा नगरपालिकामा आई विद्यालयको शिक्षा सुधारको लागि सामग्री वितरण गरेकोमा व्यक्तिगत तथा विद्यालयको तर्फबाट धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

    जगत बहादुर थापा स्मृति संस्था थाक्रेमा सस्तो र सुलभ एम्बुलेन्स सञ्चालन गर्ने संस्था हो भने संस्था बिभिन्न समयमा यस्तै समाजसेवी तथा विकासको काममा अग्रसर हुँदै आइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - ०७:४७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology