नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समिति धादिङको अध्यक्षमा प्रमोद पाठक चयन हुनुभएको छ।
नीलकण्ठ बहुमुखी क्याप्सको सभाहलमा भएको नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समिति धादिङको दोस्रो अधिवेशनबाट मच्छिन्द्र बहुमुखी क्याम्पस धुनिवेशी नगरपालिका खानिखोलाका क्याम्पस प्रमुख प्रमोद पाठकको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
जसको उपाध्यक्षमा राजेन्द्र दाहाल,सचिवमा रेशमलाल खतिवडा,सह सचिव मुक्तिकाला लामिछाने, कोषाध्यक्षमा अम्बिका बुर्लाकोटी,सदस्यहरूमा दिवाकर कडेल,उत्तम प्रसाद रेग्मी, प्रकाश हमाल, राधाकृष्ण आचार्य,सुदर्शन पाण्ड,े हर्क बहादुर जागारी,र रामप्रसाद अधिकारी रहनु भएको छ।
नेपाल पब्लिक क्याम्पस संघ जिल्ला समिति धादिङका अध्यक्ष तथा संघिय सासंद रामनाथ अधिकारीको सभापतित्व रहेको कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शत्रुधन गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो।