आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आफ्नो मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी दर्ता

आफ्नो मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी दर्ता

नागरिक पाटी

२१, माघ २०८०
  • 3.9K
    SHARES
  • आफ्नो मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी दर्ता

    भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ । आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध उजुरी दर्ता भएको हो । 

    images

    वकिल अली काशिफ खान देशमुखले पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । अभिनेत्रीको म्यानेजर निकिता र एजेंसी हटरफ्लाईविरुद्ध पनि एफआईआरको माग गरिएको छ । सबैमाथि सर्वसाधारणलाई धोका दिएका अनि सर्भिकल क्यान्सरको नाममा घोखाघडी गरेको मामिलामा कारबाही गर्न भनिएको छ । अल इन्डिया सिने वर्कर्स एशोसियशनले पनि पाण्डे विरुद्ध एफआईआर गर्ने बताइएका छन् । क्यान्सरबारे जागरूकता फैलाउने नाममा आफ्नो प्रमोसन गर्नु स्वीकार्य नभएको एशोसियशनको भनाई छ ।

    poonam-pandey.jpeg

    शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घोषणा गरेकी थिइन् । सर्भिइकल क्यान्सरका कारण अभिनेत्रीको मृत्यु भएको बताइएको थियो । साँझसम्ममा पाण्डेको म्यानेजर र पूरै परिवारको फोन बन्द भएपछि यो घटना रहस्यमयी बन्यो ।

    punam_panday.webp

    तर शनिबार पाण्डे आफैँले एउटा भिडियो शेयर गर्दै सर्भिकल क्यान्सरप्रति जागरूकता जगाउन आफ्नो मृत्युको नाटक गरेको बताइन् । अघिल्लो दिन अभिनेत्रीलाई श्रद्धाञ्जली दिइरहेका फिल्म इन्डष्ट्री र टिभीका सेलिब्रेटीहरु भिडियो देखेपछि क्रुद्ध भए । अधिकांशले पुनमलाई गाली गरिरहेका छन् । पब्लिसिटी स्टन्ट र पीआरका लागि पुनमले मरेको नाटक गरेको अनि यो उचित नभएको अधिकांशको भनाई थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १३:३५:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology