शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शालीनदी मेलामा २२ लाख भक्तजन पुगे, एक करोड बढी आर्थिक सहयोग संकलन

शालीनदी मेलामा २२ लाख भक्तजन पुगे, एक करोड बढी आर्थिक सहयोग संकलन

नागरिक पाटी

१२, फाल्गुण २०८०
  • 4.9K
    SHARES
  • शालीनदी मेलामा २२ लाख भक्तजन पुगे, एक करोड बढी आर्थिक सहयोग संकलन

    साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम संकलन भएको छ । स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरु र अन्य भक्तजनहरुबाट भएको सहयोगबाट करिब एक करोड सहयोग संकलन भएको हो ।

    images
    images

    शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो । मेला शनिबार साँझ विशेष समारोहबिच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए ।

    एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताए । अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष मेला थप व्यवस्थित ढङ्गले सम्पन्न गर्न सफल भएको पनि उनको भनाइ छ ।

    मेलामा आउने दर्शनार्थीहरु पनि नियमित रुपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाडा र असहज परिस्थिति सिर्जना नभएको उनले बताए । माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ । मेला अवधिभर सभ्य, भव्य तथा शान्तिपुर्ण ढङ्गले मेला समापन गर्ने तयारी रहेको पनि उनको भनाई छ ।

    माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्व र गौरवको विषय भइसकेको हुँदा बर्षेनी दर्शनार्थीहरुको घुइँचो लाग्नेगर्छ । भक्तजनहरुको आस्था, विश्वासका कारण वर्षेनी आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताए । उनका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरुले मेलाको अवलोकन गरेको पनि उनले जानकारी दिए । यद्यपी, अघिल्ला वर्षहरुको तुलनामा आर्थिक सहयोग संकलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरुको सङख्यामा त्यति धेरै फरक भने नरहेको उनको भनाई छ । शालीनदी काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - १८:२०:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology