शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा आईतबार देखी जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुँदै

धुनिवेशीमा आईतबार देखी जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुँदै

आशिष ठकुरी

२५, फाल्गुण २०८०
  • 13.8K
    SHARES
  • धुनिवेशीमा आईतबार देखी जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुँदै

    धादिङको धुनिवेशीमा जिल्लास्तरिय एन्फा लिग फुटबल प्रतियोगिता हुँदैछ । फागुन २७ गते आईतबार देखी धुनिवेशी ५ मा रहेको धुनिवेशी खेल मैदानमा दशौँ जिल्ला लिग फुटबल प्रतियोगिता आयोजना हुने आयोजक धादिङ जिल्ला फुटबल सँघले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सँघका अध्यक्ष रमेश अधिकारीले दुई समुहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा जिल्लाभरीका १० वटा क्लबले भाग लिने बताउनुभयो । उहाँका अनुसार प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुने टिमलाई ७५ हजार र सेमिफाईनलमा प्रवेश गर्ने दुई टिमलाई २५/२५ हजार रुपैँयाको नगद पुरस्कार प्रदान गरिने छ । यस्तै पाँच उत्कष्ट विधामा पर्ने खेलाडीहरुलाई ५ हजार प्रदान गरिने अध्यक्ष अधिकारीले बताउनुभयो ।

    images
    images

    पत्रकार सम्मेलनमा सँघका महासचिव रामहरी थापाले फिफा र एएफसीको नियम अनुसार खेलाईने खेलका विजेता क्लब नै स्वत बागमती प्रदेश फुटबल प्रतियोगितामा सहभागी हुने बताउनुभयो ।

    प्रतियोगिताको सहआयोजक रहेको धुनिवेशी युवा समाजका अध्यक्ष दिनेश आचार्यले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न आफुहरुले खेल मैदानको व्यवस्थापन लगायतका कामहरु गरिरहेको बताउनुभयो ।

    यस्तै समाजका सचिव भुवन श्रेष्ठले धुनिवेशीमा हुन लागेको जिल्ला स्तरिय प्रतियोगितामा खेलाडीहरु जिल्ला भित्रकै हुनुपर्ने र जिल्ला भित्रका खेलाडी नभएमा स्वतः प्रतिस्पर्धी टिम विजयी घोषणा गरिने बताउनुभयो ।

    उक्त लिगका लागि अखिल नेपाल फुटबल सँघले ३ लाख रुपैँया सहयोग गर्ने भएको छ । जिल्लाका धुनिवेशी नगरपालिका सहित निलकण्ठ नगरपालिका, थाक्रे, गल्छि, गजुरी, बेनिघाट रोराङ र सिद्धलेक गाउँपालिकाले पनि प्रतियोगितामा साझेदारी गर्ने भएका छन् ।

    प्रतियोगिता सम्पन्न गर्न १३ देखी १५ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ । फागुन २७ गते देखी सुरु हुने प्रतियोगिता चैत्र ६ गते सम्म सञ्चालन हुनेछ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - ०८:२८:४४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology