शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मातातीर्थमा आजदेखि मेला सुरु

मातातीर्थमा आजदेखि मेला सुरु

नागरिक पाटी

२५, बैशाख २०८१
  • 3.0K
    SHARES
  • मातातीर्थमा आजदेखि मेला सुरु

    काठमाण्डौँ स्थित चन्द्रागिरिस्थित मातातीर्थमा आजदेखि मेला लाग्न सुरु भएको छ । आमाको मुख हेर्ने औँसीका दिन मातातीर्थ मन्दिरमा लाग्ने मेला आजदेखि सुरु भएको हो । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औंसीका बेला त्यहाँ मेला लाग्दै आएको छ ।

    images
    images

    मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले आजदेखि मेला सुरु भएको बताए । मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र भोलि औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।

    सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लोपटक श्राद्ध गर्नेको संख्या बढ्दै गएको छ । दिवंगगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो ।

    उनीहरूले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवंगगत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०८१ मंगलवार - ०९:०४:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology