आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

धुनिवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

आशिष ठकुरी

२०, जेठ २०८१
  • 3.7K
    SHARES
  • धुनिवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

    धुनिवेशी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता गरेको घोषणा गरेको छ । बालबालिका सुरक्षित हुने आधार ,पुर्ण खोप सुनिश्चित धुनिवेशी नगर भन्ने नाराका साथ एक कार्यक्रमबीच नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

    images

    घोषणा कार्यक्रममा नगरप्रमुख आचार्यले पुर्ण खोप सुनिश्चितताको लागि खट्ने जनप्रतिनिधि, कर्मचारी, स्वास्थ स्वयंसेविका र नगरवासीलाई धन्यवाद दिँदै राज्यले प्रदान गर्ने खोप सबैलाई लागाउन आग्रह गरेका छन् ।

    उनले नगरपालिकाले स्वास्थ, शिक्षा र खानेपानीलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । स्वास्थ स्वयंसेवीकाको सुविधा र सेवाका बिषयमा राज्यले उचित व्यवस्था गर्नुपर्ने बताउँदै नगरप्रमुख आचार्यले प्रदेश सरकारलाई निति नै ल्याउन पनि आग्रह गरेका छन् । उनले स्वास्थ जस्तो गम्भीर बिषयमा कसैले पनि खेलवाड गर्न नहुने बताए ।

    2 jana.jpg

    नगर उपप्रमुख सुरज उप्रेतीले आगामी बर्षमा पनि पुर्ण खोप सुनिश्चितताको लागि आवश्यक पर्ने व्यवस्था नगरको तर्फबाट गर्ने बताएका छन् ।

    घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नगरपालिकाले छुटेका बालबालिकालाई खोजी खोजी खोप लगाएको भन्दै खोप लगाउन नमान्ने अभिभावकलाई थप काउन्सिल गर्नुपर्ने बताए । उनले स्वस्थ र सक्षम नागरिक उत्पादन गर्नका लागी सरकारले पुर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिएको बताएका छन् ।

    123.jpg

    जिल्ला जनस्वास्थ्य प्रमुख विभु कुमार झाले खोपको महत्त्व बढ्दो क्रममा रहेको बताए । उनले १२०० बालबालिकामा ९ सय ५० बालबालिकाले पोलियोको आइपिभी खोप लगाएकोमा बाँकी बालबालिका छुटेका भए उनिहरुलाई पनि जानकारी गराउनुपर्ने बताए ।

    यस्तै खोप सुपरभाईजर निरिक्षक श्याम प्रसाद पोखरेलले खोप बालबालिकाको नैसर्गिक अधिकार भएकोले बालबालिकालाई खोप लगाउनु अभिभावकको कर्तव्य भएको बताए ।

    नगरपालिकाको लक्ष्य २७१ जना खोप लगाउने रहेकोमा ३७५ जनाले खोप लगाएका थिए । जस अनुसार ११० प्रतिशत खोप लगाएका थिए । सो घोषणा गर्नका लागी नगरका स्वास्थकर्मीले डाटा लिने, सर्भेक्षण गर्ने र खोप नलगाएकाको घरमै गएर खोप लगाउने कार्यक्रम गरेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ध्रुव अधिकारीले बताए ।

    2.jpg

    नगरपालिकामा पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष नयाँ बच्चाको जन्म, उनिहरुले लगाएको खोपका बिषयमा अध्याबधिक गर्नपर्ने हुन्छ । पुर्ण खोप सुनिश्चितता घोषणामा नगरप्रमुख बालकृष्ण आचार्यले सबै वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई धन्यवादसहित पुर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका थिए । सो क्रममा जिल्ला जनस्वास्थ प्रमुख झाले नगरप्रमुख आचार्यलाई पनि प्रमाणपत्र प्रदान गरेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०८१ आइतवार - २२:०९:०७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology