शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रेमा बसले ठक्कर दिँदा सुपर नेटमा कार्यरत कर्मचारीको मृत्यु

थाक्रेमा बसले ठक्कर दिँदा सुपर नेटमा कार्यरत कर्मचारीको मृत्यु

आशिष ठकुरी

२४, जेठ २०८१
  • 39.4K
    SHARES
  • थाक्रेमा बसले ठक्कर दिँदा सुपर नेटमा कार्यरत कर्मचारीको मृत्यु

    धादिङको थाक्रे गाउँपालिकाको आठकिलामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । पोखरा बाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नम्वरको यात्रु बसले ठक्कर दिँदा धरान उपमहानगर १७ का अन्दाजी २२/२३ वर्षका सुदेश सुनुवारको मृत्यु भएको हो ।

    images
    images

    सितापाईला केवल नेटवर्क अन्तर्गत सुपर नेटमा कार्यरत सुनुवार काम सकेर सडक छेउमा रहेकै बेला ठक्कर दिएर करिब २५/३० मिटर लतारेपछि मृत्यु भएको सोही कम्पनीमा कार्यरत नविन थापाले जानकारी दिए ।

    ठक्करपछि सुनुवारलाई धार्के स्थित ओम साईबाबा सामुदायिक अस्पतालमा ल्याएपछि डाक्टरले मृत घोषित गरेका हुन् । दुर्घटनापछि स्थानियले केहि समय राजमार्ग अवरोध गरेका थिए ।

    ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - १४:३७:१० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology