शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा निःशुल्क स्वास्थ्य शिविर, ४ सय बढिले गरे स्वास्थ्य परिक्षण र उपचार

धादिङको थाक्रेमा निःशुल्क स्वास्थ्य शिविर, ४ सय बढिले गरे स्वास्थ्य परिक्षण र उपचार

आशिष ठकुरी

२६, जेठ २०८१
  • 4.7K
    SHARES
  • धादिङको थाक्रेमा निःशुल्क स्वास्थ्य शिविर, ४ सय बढिले गरे स्वास्थ्य परिक्षण र उपचार

    धादिङको थाक्रे २ सिम्लेमा निःशुल्क स्वास्थ्य शिविर भएको छ । वडा कार्यालय परिसरमा भएको उक्त स्वास्थ्य शिविरमा ४ सय बढिले आफ्नो स्वास्थ्य परिक्षण तथा उपचार गराएको आयोजकले जनाएको छ ।

    images
    images

    थाक्रे २ नम्बर वडा कार्यालय, ओम साईबाबा मेमोरियल हस्पिटल काठमाण्डौँ, साईबाबा सामुदायिक अस्पताल धार्के र नोभस प्याथ ल्यावको आयोजनामा भएको शिविरमा स्वास्थ्य जाँच तथा उपचार गराएका सहभागीले खुसी व्यक्त गरेका छन् ।

    वडाका नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताउँदै कार्यक्रम सँयोजक राजु पौडेलले विपन्न नागरिकमा कुनै जटिल तथा अप्रेसन गर्ने किसिमको रोग भए वडा तथा अस्पताल सँग समन्वय गरि निशुल्क उपचारको लागि तयारी गरेको पनि बताउनुभयो ।

    1.JPG

    शिविरमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर, रगतमा सुगर, जनरल तथा फोक्सो सम्बन्धी परिक्षण तथा उपचार, नाक, कान घाँटी, बाथ, पेट छाला लगायतको परिक्षण तथा उपचार गरिएको आयोजक ओम साईबाबा मेमोरियल हस्पिटल काठमाण्डौँ तथा साईबाबा सामुदायिक अस्पताल धार्केका प्रमुख दयाराम कार्कीले बताउनुभयो ।

    नियमित रुपमा आफ्नो स्वास्थ्य चेकजाँच गर्ने बानीको पनि विकास हुन्छ भनेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थाक्रे वडा नम्बर २ का अध्यक्ष टिकाराम तामाङको भनाई छ ।

    थाक्रेका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी) ले निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०८१ शनिवार - १९:३९:२० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology