थाक्रे गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता गरेको घोषणा गरेको छ । आईतबार आज एक कार्यक्रमबीच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष नयाँ बच्चाको जन्म, उनिहरुले लगाएको खोपका बिषयमा अध्याबधिक गर्नपर्ने हुन्छ । पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा पालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्रबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत भिष्म कुमार मल्लले सम्बन्धित वडा अध्यक्ष र उक्त वडाका स्वास्थ्य सँस्थाका प्रमुख तथा प्रतिनिधीलाई सँयुक्त रुपमा पुर्ण खोपयुक्त वडा सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिती धादिङका प्रमुख तथा जिल्ला स्तरिय खोप समन्वय समितीका अध्यक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालय धादिङका कोल्डचेन निरिक्षक गुजेश्वर श्रेष्ठले थाक्रेलाई पुर्ण खोपयुक्त गाउँपालिका सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।
यस्तै कार्यक्रममा पालिकाद्धारा सञ्चालित न्युनतम सेवा मापदण्ड अन्र्तगत प्रथम अर्धवार्षिक समिक्षामा प्रथम, दृतिय र तृतिय हुने स्वास्थ्य चौकीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । ७१ प्रतिशत अँक हासिल गर्ने भुमेस्थान स्वास्थ्य चौकीलाई प्रथम, ६८ प्रतिशत अँक हासिल गर्ने केवलपुर स्वास्थ्य चौकीलाई दृतिय र ६७ अँक हासिल गर्ने महादेववेशी स्वास्थ्य चौकीलाई तृतिय स्थानको प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।