धादिङ । बाल विकास सहजकर्ताहरुको लागि धादिङबेशीमा शैक्षिक सामाग्री निर्माण सम्बन्धि तालिम शुरु भएको छ ।
प्रयास नेपाल धादिङको आयोजना तथा चाईल्ड फण्ड जापानको साझेदारी र बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा बाल विकास सहजकर्ताहरुको लागि आईतबारदेखी शैक्षिक सामाग्री निर्माण सम्बन्धि तालिम सञ्चालन गरिएको हो ।

बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया९बिबेक०ले बताउनुभयो ।
बालबालिकाहरुको शिक्षाको जग बाल बिकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो ।
प्रयास नेपाल धादिङले चाईल्ड फण्ड जापानको साझेदारीमा बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ६,८ र १० का सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गरिरहेको छ ।

यहि क्रममा सहजकर्ताहरुको शैक्षिक सामग्री तथा अभिभावक शिक्षा सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पु¥याउन अभिभावक शिक्षा तथा शैक्षिक सामाग्री निर्माण सम्बन्धी आधारभुत तालीम गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनुभयो ।
बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने अर्यालको भनाई छ ।

२ वर्ष वा १ हजार दिनमा ८० प्रतिशत र ५ बर्षमा ९० प्रतिशत मष्तिकको विकास हुने समयावधि भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताउनुभयो ।
चाईल्ड फण्ड जापानका एरिया मेनेजर दल बहादुर सुनारले बालबालिकाहरुको शैक्षिक सुधारमा टेवा पु¥याउन आगामी ५ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत गाउँपालिकालाई सहयोग गर्न लागिएको बताउनुभयो ।

परियोजना अन्तरगत बालबालिकाहरुको सर्वाङिण विकाससँग सम्बन्धित सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु सम्बन्धित सरोकारवालाहरुको समेत संलग्नतामा कार्यान्वयन गरिने योजना रहे अनुसार नै यो तालिम संचालन भएको बताउनुभयो ।
तालिममा बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह,अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापाले सहजिकरण गर्नु हुने छ ।
तालिम असार ६ गते सम्म संचालन हुने प्रयास नेपाल धादिङकी फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो