शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राजमार्ग दिउँसो देखि बन्द, नौविसेमा पुलको बिम राख्ने काम आधा पनि सकिएन

राजमार्ग दिउँसो देखि बन्द, नौविसेमा पुलको बिम राख्ने काम आधा पनि सकिएन

आशिष ठकुरी

१८, आषाढ २०८१
  • 4.3K
    SHARES
  • राजमार्ग दिउँसो देखि बन्द, नौविसेमा पुलको बिम राख्ने काम आधा पनि सकिएन

    धार्के । अहिले राजमार्गमा सवारी साधनको चाप छ । राजमार्ग बन्द गरेर नौबिसेमा निर्माणधिन पुलको बिम राख्ने काम भैरहेकाले सडकमा सवारी साधनको चाप रहेको हो ।

    images
    images

    निर्माणधिन पुलको बिम राख्ने काम दिउँसो देखि नै भएपनि यो समाचार तयार पार्दा सम्म चार मध्ये अझै एकवटा पनि राख्न सकिएको छैन । एउटा बिम राख्न बेलुकाको ७ः३० बजे सम्म लाग्न सक्ने ईलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक सिताराम विष्टले बताए । नयाँ प्रविधी भएकाले केहि असहज देखिएको विष्टको भनाई छ । उनका अनुसार बुधबार बिहान ११ बजे देखी पनि राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कामको लागि छलफल भएको छ ।

    पुलको बिम राख्ने कामका लागि राजमार्ग बन्द हुँदा यात्रु तथा सवारी चालकले केहि सास्ती पाएको गुनासो गरेका छन् । यद्यपी साना सवारी साधन सँगै यात्रुवाहक बसले विभिन्न विभिन्न वैकल्पिक सडकको प्रयोग पनि गरेका छन् । यसले गर्दा वैकल्पिक सडकमा सवारी साधनको चाप पनि देखिएको छ ।

    यी हुन् वैकल्पिक सडक
    – धार्के तर्फ आउने र धार्केबाट काठमाण्डौँ तर्फ जाने सवारी साधनले धार्के–सितापाईलाको सडक प्रयोग गर्न सक्छन् ।
    – काठमाण्डौँ तर्फ जाने दुई पाङ्ग्रे तथा साना सवारी साधन धार्केबाट सितापाईला तर्फको बाटो गएर बद्रिटार बाट टायलघर र नगरपालिकाको केन्द्र हुँदै टायलघर निस्कन सक्छन् । सोही रुट हुँदै काठमाण्डौँबाट धार्के निस्कन पनि सकिन्छ ।
    – धार्केबाट चालिसे–कोईरालाटार–मछिन्द्रावन हुँदै रेशमखेती निस्कन सकिन्छ । सोही रुट फर्कन पनि सकिन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १८, २०८१ मंगलवार - १८:३३:१३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology