शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नौबिसे-नागढुंगा सडक रातको समयमा बन्द हुने

नौबिसे-नागढुंगा सडक रातको समयमा बन्द हुने

आशिष ठकुरी

१९, आषाढ २०८१
  • 27.1K
    SHARES
  • नौबिसे-नागढुंगा सडक रातको समयमा बन्द हुने

    रातको समयमा राजमार्ग बन्द गरेर नौबिसेमा निर्माणधिन पुलको बिम राख्ने काम हुने भएको छ । बुधबार र बिहिबार बेलुका १० बजे देखी बिहिबार बिहान ३ बजे सम्म राजमार्ग दुईतर्फि नै बन्द गरेर पुलको बिम राख्ने काम हुने भएको हो ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय धादिङले सुचना जारी गर्दै नौबिसे खोला पुलमा काम हुने भएकाले सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्ने जाने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सडक बन्द गर्न लागिएको बताएको छ । उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सम्पुर्ण सवारी साधन पुर्ण रुपमा बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । 

    त्रिभुवन राजपथ अन्तर्गत नागढुँगा नौबिसे खण्डको उक्त पुलमा बिम राख्ने कामका लागि सडक बन्द हुने समयमा दुई पाँङ्ग्रे तथा तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा धार्के सितापाईला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । फोटो : प्रताप शर्मा

    यस्तो छ सुचना
    suchna.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०८१ बुधवार - १८:२०:०९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology