आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सडक सरोकार

नौबिसे-मलेखु सडकखण्ड १५ दिनसम्म रातको समयमा बन्द हुने

नौबिसे-मलेखु सडकखण्ड १५ दिनसम्म रातको समयमा बन्द हुने

आशिष ठकुरी

२५, आषाढ २०८१
  • 6.9K
    SHARES
  • नौबिसे-मलेखु सडकखण्ड १५ दिनसम्म रातको समयमा बन्द हुने

    पृथ्वी राजमार्गको नौबिसे-मलेखु खण्ड बुधबारदेखि १५ दिनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे– मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ ।

    images

    एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न दिईने सुचनामा उल्लेख छ । राति यो सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रुपमा गल्छी बिदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने योजनाले जनाएको छ ।

    नागढुंगा–मुग्लिन सडक बन्द रहने सूचना

    nagdhunga-malekhu-raod.jpg

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०८१ मंगलवार - १८:०६:५५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology