शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानिय

धुनिवेशीमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम हुुँदै

धुनिवेशीमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम हुुँदै

आशिष ठकुरी

२४, भाद्र २०८१
  • 2.4K
    SHARES
  • धुनिवेशीमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम हुुँदै

    धादिङको धुनिवेशीमा वातावरणीय तथा सामाजिक सुरक्षण सम्बन्धी तालिम हुुने भएको छ । नगरपालिकाको विभिन्न तिन स्थानमा २ दिने तालिम हुन लागेको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।

    images
    images

    पुर्वाधार निर्माणका कारण वातावरण, सामाजिक पक्ष तथा अन्य क्षेत्रमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्ने उपायबारेको तालिम नगरपालिकाको सँयोजन तथा रुरल ईन्फास्टक्चर एण्ड म्यानेज्मेन्ट कन्सल्टेन्टको आयोजनामा हुन लागेको हो ।

    तालिम मच्छिन्द्र बहुमुखी क्याम्पस खानिखोलामा यहि भदौ २५ र २६ गते, धुनिवेशी बहुमुखी क्याम्पस पुरनडाँडामा भदौ २७ र २८ गते र नगरपालिकाको भवन जुगेडीमा भदौ ३० र ३१ गते हुन लागेको छ ।

    वातावरणविद् दिनेश घिमिरेले सहजिकरण गर्ने तालिममा जनप्रतिनिधी, कर्मचारी, शिक्षक, क्याम्पसका विद्यार्थी, निर्माण व्यवसायी, इन्जिनियर तथा प्राविधिक, वन, कृषी, खानेपानी लगायतका उपभोक्ता समिती, सहकारी सँस्था, स्थानिय क्लब, गैह्रसरकारी सँस्थाका प्रतिनिधीलाई सहभागी हुन अनुरोध गरिएको छ ।

    सहभागीका लागि तल दिईएको नम्बरमा सम्पर्क गर्न सकिन्छ :

    Screenshot 2024-09-09 175530.png

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - १७:५३:०५ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology