शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मनकामना केबलकार तीन दिन बन्द गरिने

मनकामना केबलकार तीन दिन बन्द गरिने

नागरिक पाटी

२८, आश्विन २०८१
  • 2.3K
    SHARES
  • मनकामना केबलकार तीन दिन बन्द गरिने

    मनकामना केबलकार तीन दिन बन्द गरिने भएको छ । मर्मत–सम्भारका निम्ति यही असोज २९ देखि आउँदो कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो । मर्मत–सम्भारका साथै केबलकारको लट्ठा समेत छोट्ट्याउने कामका निम्ति असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

    images
    images

    उनका अनुसार, केबलकार कात्तिक २ गतेदेखि नियमित सञ्चालनमा ल्याइनेछ । यसअघि, विजयादशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको । आज भने केबलकार सञ्चालन गरिएको छ ।

    गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका निम्ति ०५५ मंसिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको इच्छकामना गाउँपालिका–४, चेरेसमा छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २८, २०८१ सोमवार - १५:३८:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology