हेटौडा । नेपाली सेना जनसम्पर्क तथा सुचना निर्देशनालयले वागमती प्रदेशका तीन वटा टेलिभिजन र पाँच वटा रेडियोलाई सम्मान गरेको छ ।
नेपाली सैनिक रेडियो कार्यक्रम प्रशारण गरि नागरिक सैनिक सम्बन्ध विस्तारमा खेलेको भूमिकाको मुल्याङ्कन गरि ८ वटा सञ्चार माध्यमलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
मकवानपुर स्थित श्रीमध्य पृतना हेडक्वाटरमा रक्षा संवाददाताहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा नेपाली सेनाका सहायक रथि तथा सैनिक प्रबक्ता गौरभ कुमार केसीले सञ्चार माध्यमका सञ्चालकहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
नेपाली सेनाले अभियान टेलिभिजन, टिम टिभी, टीभी कालिका, रेडियो लाङटाङ, सेफर्ड एफएम, रसुवा एफएम, रेडियो राजमार्ग, रेडियो धार्दिङलाई सम्मान तथा पुरस्कृत गरेको हो ।