शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सडक सरोकार

धार्के–सितापाइला सडक अनिश्चितकालसम्म बन्द भएकै हो ?

धार्के–सितापाइला सडक अनिश्चितकालसम्म बन्द भएकै हो ?

आशिष ठकुरी

४, कार्तिक २०८१
  • 5.8K
    SHARES
  • धार्के–सितापाइला सडक अनिश्चितकालसम्म बन्द भएकै हो ?

    धादिङ । आईतबार धार्के–सितापाइला सडक अनिश्चितकालसम्म बन्द सम्बन्धी एउटा सुचना सामाजिक सञ्जालमा पोष्ट भएपछि सोहि सुचना सामाजिक सञ्जालमा पोष्ट देखि त्यसैलाई आधार मानेर विभिन्न सञ्चार माध्यमले समाचार बनाए । पछिल्लो समय धार्के–सितापाइला सडकको प्रयोग गर्नेहरु बढे सँगै यसको महत्व पनि बढ्दा सुचनालाई आधार मानेर धेरैले चासो व्यक्त गरे अनि अलमलमा पनि परेका छन् ।

    images
    images

    धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सडक अनिश्चितकालसम्म बन्द सम्बन्धी सूचना जारी गर्दै यसबारेमा जानकारी दिएका हुन् । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड कात्तिक ४ गतेदेखि अनिश्चितकालका लागि बन्द गरिएको सुचनामा उल्लेख छ । सुचनामा धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।

    यस्तो छ वडाले जारी गरेको सुचना ।

    dhunibesi 5.jpg
    वडाले जारी गरेको सुचना ।

    यो विषयमा धुनिवेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई सँग कुरा गर्दा सडक विभाग अन्तर्गत सडक डिभिजन नुवाकोटले जारी गरेको सुचना अनुसार नै आफुहरुले सुचना प्रकाशन गरेको उनको भनाई छ ।

    सडक डिभिजन नुवाकोटको सुचनामा सडक खण्ड बन्द रहने भनि उल्लेख छ । तर सुचनामा कात्तिक ०५ गते देखि १२ गते सम्म यात्रुवाहक, मालवाहक सवारी साधनहरुलाई पुर्ण रुपमा रोकिने जनाईएपनि एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन गुड्न पाउने उल्लेख छ । चलानी नम्बर उल्लेख नगरिएको उक्त सुचनामा आवश्यक सहयोग तथा सहजिकरण गरिदिन जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गर्दै डिभिजन प्रमुख सुबोध कुमार देवकोटाको हस्ताक्षर रहेको पत्रमा धुनिवेशी नगरपालिका र भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा.लि.लाई बोधार्थ गरिएको छ ।

    यस्तो छ सडक डिभिजन नुवाकोटले जारी गरेको सुचना

    462548003_1992114971254309_4540767769629000725_n.jpg
    462560817_965699968932806_2327408249305139364_n.jpg
    यस्तो छ सडक डिभिजन नुवाकोटले जारी गरेको सुचना

    जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गर्दै कात्तिक ६ गते देखी १२ गते सम्म एम्बुलेन्स र चार पाङ्ग्रे बाहेकका सबै सवारी साधन पुर्ण रुपमा रोकिने बताएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको हस्ताक्षर रहेको सुचनामा वैकल्पिक मार्ग प्रयोग गर्न सुझाईएको छ ।

    जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना ।

    462558223_521056904110628_6185274746160455711_n.jpg

    यसैबिच सडक बन्द सम्बन्धी सुचना आफुहरुलाई सडक डिभिजन नुवाकोटले आधिकारिक रुपमा नपठाएको धुनिवेशीका नगरप्रमुख बालकृष्ण आचार्यको भनाई छ । सडक स्तरोन्नतीको काम गर्दा पुर्ण रुपमा सडक बन्द नुहने नगरप्रमुख आचार्यको भनाई छ ।

    यद्यपी सरकोकारवाला निकायबिच समन्वय नभएको देखिएको छ । सुचनामा वडा कार्यालयले कात्तिक ४ गते देखी अनिश्चितकाल सम्म, सडक डिभिजन नुवाकोटले कात्तिक ५ गते देखी १२ गते सम्म र जिल्ला प्रशासन कार्यालयले कात्तिक ६ गते देखी १२ गते सम्म सडक बन्द हुने जनाएका छन् । समग्र सुचना अनुसार यात्रुवाहक सवारी र मालवाहक सवारी साधन बाहेक अन्य सवारी साधन गुड्न पाउने बताईएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - २१:३०:३० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology