आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मच्छिन्द्र बहुमुखी क्याम्पसमा १ करोड ७४ लाख रुपैँयाको लागतमा चमेना गृह बन्दै

मच्छिन्द्र बहुमुखी क्याम्पसमा १ करोड ७४ लाख रुपैँयाको लागतमा चमेना गृह बन्दै

आशिष ठकुरी

९, कार्तिक २०८१
  • 2.8K
    SHARES
  • मच्छिन्द्र बहुमुखी क्याम्पसमा १ करोड ७४ लाख रुपैँयाको लागतमा चमेना गृह बन्दै

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ मा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न चमेना गृह निर्माण हुने भएको छ । लायन्स अन्तराष्ट्रिय फाउण्डेशनको हँगर ग्रान्ट परियोजना अन्तर्गत १ करोड ७४ लाख रुपैँया बराबरको लागतमा डाईनिङ हल निर्माण हुने लायन्स क्लब अफ धादिङ पिस खानिखोलाका सँस्थापक अध्यक्ष शेखर कार्कीले बताए ।

    images

    सुरुमा डाईनिङ हलको रुपमा एक तलाको सँरचना निर्माण गर्ने र तेस्रो तला सम्म सँरचना निर्माण गर्ने गरि फाउण्डेशन तयार गरेर काम सुरु भएको कार्कीको भनाई छ । उनले किचेन, किचेनमा भाँडाकुँडा, डाईनिङ हल, यसमा फर्निचर लगायत बाटिका निर्माण गरेर आगामी जनवरी सम्म मच्छिन्द्र बहुमुखी क्याम्पसलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको बताए ।

    लायन्स अन्तराष्ट्रिय फाउण्डेशनको सहयोग तथा लायन्स क्लब अफ धादिङ पिस खानिखोला र लायन्स क्लब अफ काठमाण्डौँ गोगँबुको समन्वयमा बन्ने उक्त सँरचनाको शिलान्यास बिहिबार अन्तराष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले गरेका हुन् । अन्तराष्ट्रिय डाईरेक्टर बुर्लाकोटीले धादिङमै पहिलो पटक यो क्याम्पसलाई यस्तो खालको अनुदान उपलब्ध गराईएको बताए ।

    लायन्स क्लब अफ धादिङ पिस खानिखोलाका अध्यक्ष दिलिप पाठकले शिलान्यास भएको सँरचना तोकिएको समयमा नै निर्माण हुने र क्याम्पसलाई हस्तान्तरण बताए ।

    यस्तै मच्छिन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रमोद पाठकले क्याम्पसमा सुविधा सम्पन्न किचन डाईनिङ हल निर्माणमा सहयोग गर्ने व्यक्ति तथा सँस्थालाई धन्यवाद दिएका छन् । मच्छिन्द्र बहुमुखी क्याम्पसका सदस्य विशु उप्रेतीले सँरचना निर्माणका लागि सहयोग गर्ने सँस्थाप्रति आभार प्रकट गरेका छन् ।

    भिडिओ हेर्नुहोस् :

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १६:३३:२३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology