धादिङको गल्छी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं ४ ले जीतेको छ ।
सेमिफाइनल खेलमा वडा नं २ लाई हराएर फाईनल प्रवेश गरेको वडा नं ४ र सेमिफाइनल खेलमा वडा नं ६ लाई हराएर फाइनलमा पुगेको वडा नं १ बिचको खेल रोमान्चक रहेको थियो।
फाईनल खेलमा वडा नं ४ ले वडा नं १ लाई ३–० को सोझो सेटमा हराएको छ। वडा नं ४ लाई पहिलो सेट जित्न हम्मे हम्मे परे पनि बाँकी २ सेटमा सहज जित हातापारेको हो।
पालिकाले तेस्रो पटक आयोजना गरेको पुरुष भलिबल प्रतियोगितामा प्रथम हुन टोमले नगद रु. ३०,०००, दोस्रो हुनेले नगद रु. २५,००० र तेस्रो हुनेले नगद रु.२०,००० पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीहरू बेस्ट ब्लकर – राजेश विशुङ्के ( वडा नं. १ क) ,बेस्ट लिफ्टर – सुनिल घिमिरे ( वडा नं. ४ ), बेस्ट लिविरो – रुकेश वि क ( वडा नं. ४ ), बेस्ट स्पाईकर – दिवस श्रेष्ठ ( वडा नं. १ क), राइजिङ (इमर्जिङ) प्लेयर – सन्देश खड्का ( वडा नं. ७), बेस्ट प्लेयर – सागर गुरुङ ( वडा नं. ४ ) र बेस्ट कोच – दिनेश अधिकारी (वडा नं. ४ ) रहेका छन्।
पालिकाले खेलकुद विकासमा जोड दिदै आएका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले बताउनु भएको छ । उहाँले मसिंर ६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने बताए।