शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका नारायण सिलवाल एनएफपीजेको उपाध्यक्षमा निर्विरोध निर्वाचित

धादिङका नारायण सिलवाल एनएफपीजेको उपाध्यक्षमा निर्विरोध निर्वाचित

शिवराज आचार्य

२४, कार्तिक २०८१
  • 2.4K
    SHARES
  • धादिङका नारायण सिलवाल एनएफपीजेको उपाध्यक्षमा निर्विरोध निर्वाचित

    धादिङ। धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहनुभएका नारायण सिलवाल राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)को उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

    images
    images

    शनिबार काठमाडौमा भएको २७ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट धादिङका सिलवाल उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

    २०६१ सालमा आँखु सन्देशबाट पत्रकारिता सुरु गरेका सिलवालले २०६४–०६९ सम्म जनमुक्तिमार्ग साप्ताहिक, २०६५–०६६ गोरखापत्र दैनिक, २०६६–०७३ रेडियो बिहानी र २०७३ देखि धादिङपोष्टको प्रधान-सम्पादकका रुपमा कार्यरत हुनुहुन्छ ।

    २०७३ मा राष्ट्रिय फोटो पत्रकार समूहको सदस्यका लिएका उहाँ २०७४ सालमा फोटो पत्रकार संघ धादिङको अध्यक्ष बन्नुभएको थियो। जिल्ला अध्यक्ष हुँदा फोटो पत्रकार तालिम, जिल्ला स्तरीय फोटो प्रतियोगिताहरु, धादिङका पुराना फोटो पत्रकार, फोटो ग्राफर सम्मान सँगैं पुराना क्यामराहरु प्रदर्शनी जस्ता कार्यक्रमहरु सम्पन्न भएका थिए ।

    ०७६ साल भदौमा राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको अध्यक्ष बन्नुभएका सिलवाल ०७८ पुसमा पुन बागमतीको अध्यक्ष बन्नुभएको थियो । ०८० मंसिरमा भएको तेस्रो अधिबेशनबाट पनि उहाँ निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    राष्ट्रिय स्तरको क्रियाशिल फोटो पत्रकारिता पुरस्कार समेत पाईसक्नु भएका उहाँले प्रदेशको कार्यकाल नसकिँदै केन्द्रिय अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

    198855df-e148-4704-9a93-935a88bef2b5.jpg
    अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा एल.वि. (सागर) श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, उपाध्यक्षमा नारायण बहादुर सिलवाल, सुनिल शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ्ग राई, कोषाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ।

    यस्तै सदस्यहरुमा मुकुन्द बहादुर कालिकोटे, हरिश सिंह नागल, रमिता जु, दिपेन्द्र मर्हजन, अनुप प्रधान, सागर बस्नेत, शंकर भुजेल,अम्बिर तोलाङ्ग निर्वाचित हुनुभएको छ।कार्यसमितिको कार्यअवधि ३ बर्षको हुनेछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०८१ शनिवार - २३:०८:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology