धार्के,धादिङ । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ ।
सोही अभियान अन्तर्गत कम्पनीको नौविसे शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र धादिङको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सहभागितामा ७७ पिन्ट रगत संकलन भएको हो ।
धुनिवेशी ६ धार्के बजारमा भएको रक्तदानमा ७० पुरुष र ७ महिला गरि ७७ जनाले रक्तदान गरेको शिखर इन्स्योरेन्स कम्पनी नौविसे शाखाका प्रमुख विवेक भण्डारीले जानकारी बताउनु भएको छ ।
कम्पनीले वार्षिक उत्सवको अवसरमा देशैभर रक्तदान कार्यक्रम गरेको छ ।