शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रे गाउँपालिकामा ४८ घण्टे मेलमिलाप तालिम सम्पन्न 

धादिङको थाक्रे गाउँपालिकामा ४८ घण्टे मेलमिलाप तालिम सम्पन्न 

शिवराज आचार्य

३, मंसिर २०८१
  • 4.1K
    SHARES
  • धादिङको  थाक्रे गाउँपालिकामा ४८ घण्टे मेलमिलाप तालिम सम्पन्न 

    धादिङ । थाक्रे गाउँपालिकाका मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न भएको छ । कार्तिक २६ गते देखि सुरु भएको तालिम आज सोमबार एक कार्यक्रम बिच समापन गरिएको हो ।
    मेलमिलाप सम्बन्धि तालिम लिएपछि गाउँ टोलमा भएका विवादहरुलाई समाधान गर्न सक्षम भएको थाक्रे गाउँपालिका वडा नं ६ का सानुकान्छा तामाङले बताउनु भएको छ ।

    images
    images

    त्यसैगरी सामाज भएका विवादहरुमा पहिला परम्परागत र दबाब मुलक थियो भने तालिम लिएपश्चात दुबै पक्षको मनाशायलाइ बुझेर मात्र निर्णय गर्नुपर्छ भन्ने सिकाइ भएको राधा नेपालको भनाई छ ।
    थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापाले मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।

    467399179_1385030362898690_3410172144483740137_n.jpg

    न्यायिक समिति थाक्रे गाउँपालिकाद्धारा आयोजित मेलमिलाप सम्बन्धी (४८ घण्टे) आधारभूत तालिमको आज सोमबार समापन समारोहलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाको समाजमा लुकेर बसेका घटनाहरुलाई बाहिर ल्याउन टोल टोलमा गएर सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिवििृद्धमा जोड दिन मेलमिलाप कर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

    गाउँपालिकाको सभाहलमा कार्तिक २६ गते देखि सुरु भएको तालिममा गाउँपालिकाको ११ वटै वडाका २० जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलापमा आवश्यक सिपहरु, सहजीकरण सीपहरु, कानुनी तथा न्यायिक पक्षहरु, मानव अधिकार, विवाद समाधानका तरिकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली, मेलमिलापकर्ताको भुमिका र दायित्वहरु, मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । तालिममा अधिवक्ता उद्धब प्रसाद अधिकारी र उमा थापाले सहजिकरण गर्नुभएको थियो ।

    467399179_1385030362898690_3410172144483740137_n.jpg

    गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको सभापतित्वमा भएको तालिमको समापन समारोहमा उपाध्यक्ष यन्त्र बहादुर थापा, वडा नं ६ का अध्यक्ष हिरा बहादुर थापा, वडा नं ९ का अध्यक्ष श्यामचन्द्र आचार्य, न्यायिक समिति सदस्य राजकुमार गुरुङ लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - १८:२५:३६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology