शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङ र नुवाकोटका दुई जना करदाता सम्मानित

धादिङ र नुवाकोटका दुई जना करदाता सम्मानित

शिवराज आचार्य

७, मंसिर २०८१
  • 2.5K
    SHARES
  • धादिङ र नुवाकोटका दुई जना करदाता सम्मानित

    गल्छी,धादिङ । करदाता सेवा कार्यालय गल्छीले १३ औं कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सम्मान र कर्मचारी पुरस्कृत गरेको छ ।

    images
    images

    आज शुक्रबार करदाता सेवा कार्यालय गल्छीमा सम्पन्न कार्यक्रममा धादिङ र नुवाकोट जिल्लाबाट एक–एक जनालाई आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने २ जना करदातालाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेमा आर्जित कन्स्टक्सन एण्ड सप्लायर्स प्रा.लि बेनिघाट रोराङ २ ताल्ती धादिङका प्रमुख तुलसीजंग थापा र श्रीङखला निर्माण सेवा प्रा.लि विदुर ४ बट्टार नुवाकोटका प्रमुख अरुण थापालाई १३औं कर दिवस–२०८१ को अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो।

    सो अवसरमा कार्यालयमा कार्यरत कार्यलय सहयोगीराहुल लामालाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको छ । छनौट गरिएका व्यवसायी र कर्मचारीलाई गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले सम्मान–पत्र एवम् प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

    करदाता सेवा कार्यालय गल्छीका अधिकृत लक्ष्मी खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्छी गाउँपालिका उपाध्यक्ष भाईकाजी तिवारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत करदाताहरुको उपस्थिति रहेको थियो।

    सरकारले वि.सं. २०६९ साल देखि प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस र मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउँदै आएको छ । यो वर्ष पनि आन्तरिक राजस्व विभाग र अन्तर्गतका देशभरका कार्यालयहरुमा ″कर प्रणालीको सार, लगानीको आधार‶भन्ने मुल नाराका साथ विवध कार्यक्रम गरी कर दिवस मनाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - १६:५८:३० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology