धार्के । धादिङ जेसिजको १२ औं शाखा अधिवेशनबाट अरबिन रुपाखेतीको नेतृत्वमा बर्ष २०२५ को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ।
थाक्रे–८, धार्के स्थित पाथिभरा रिसोर्टमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा रुपाखेती सहित कार्यकारी उपाध्यक्षहरुमा दिपेश बिडारी र अजित कुमार यादव तथा उपाध्यक्षहरुमा सन्देश गजुरेल, उमेश कार्की, सुदर्शन रेग्मी र किशोर अधिकारी निर्वाचित भएका छन् ।
यस्तै नव निर्वाचित अध्यक्षले कानुनी सल्लाहकारमा सरोज गजुरेल, महासचिबमा अजय आचार्य र कोषाध्यक्षमा राजेश भट्टराईलाई मनोनयन गर्नुभएको छ ।
सन् २०१३ मा स्थापित धादिङ जेसिज विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।