धादिङ । धुनिवेशी आदर्श क्याम्पस धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ३ मा भवन निर्माण सुरु भएको छ । ८ कोठाको नयाँ भवनको आज शुक्रबार एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ ।
नगर प्रमुख बाल कृष्ण आचार्यले भवनको शिलान्यास गर्नुभयो । विश्व विद्यालय अनुदान आयोगको बजेटमा धुनिवेशी नगरपालिकाले ५० प्रतिशत व्यहोर्ने गरी भवन निर्माण थालिएको क्याम्पस प्रमुख जीवनाथ ढकालले जानकारी दिनुभयो ।
भवन निर्माण पछि क्याम्पसको पठन पाठन सहज हुने क्याम्पसले बताएको छ । यस अघि क्याम्पसको ४ कोठाको एक भवन रहेको छ । भने दुई एउटा ९ कोठाको ट्रष्ट भवन रहेको छ् । क्याम्पसमा १ सय ३० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ ।

भवन शिलान्यास कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,क्याम्पसका अध्यक्ष तथा वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश हमाल,वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई, वडा नम्बर ९ का अध्यक्ष माधब प्रसाद सिल्वाल,शेषकान्त फाउण्डेशनका अध्यक्ष विशेश्वर प्रसाद ढकाल विभिन्न विद्यालयका प्र.अ, शिक्षक, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो।
