आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा सरस्वती थापा चयन

थाक्रे साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा सरस्वती थापा चयन

शिवराज आचार्य

९, पौष २०८१
  • 2.4K
    SHARES
  • थाक्रे साना किसान कृषि सहकारीको साधारण सभा सम्पन्न, अध्यक्षमा सरस्वती थापा चयन

    हाप्सेचौर, धादिङ । थाक्रे साना किसान कृषि सहकारी संस्था लि.को २० औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ ।

    images

    नवौं अधिवेशनले सरस्वती थापाको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सादुराम थापा, सदस्यहरुमा कुमार विश्वकर्मा,कृष्ण प्र.लामिछाने,इश्वरी अर्याल बस्नेत,सरिता भण्डारी रेग्मी,सिता सिलवाल,सिता सुयल। जमुना थापा,केदार बहादुर के.सी र सुनिता भजुले रहेका छन्। त्यसैगरी कपिल प्रसाद सुवेदीको संयोजकमा लेखा समिति गठन भएको छ ।

    थाक्रे वडा नम्बर ७ को हाप्सेचौरमा रहेको थाक्रे साना किसान कृषि सहकारी संस्थाले मंगलबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८१ संस्थाका कार्यबाहक अध्यक्ष सादुराम थापाले प्रस्तुत गर्नु भएको थियो ।

    471491414_1412587956809597_323338901147723955_n.jpg

    वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ४४ लाख ९१ हजार रहेको छ । साधारण जगेडा कोष ८४ लाख ५९ हजार ४४ रुपैयाँ, अन्य जगेडा कोषहरु ४० लाख ८ हजार ६२ रुपैयाँ,ऋण लगानीमा समभावित जोखिम कोष ४३ लाख ५६ हजार ३ सय ३५ रुपैयाँ, बचत निक्षेप दायित्व ४ करोड ३० लाख ७४ हजार ३ सय ९४ रुपैयाँ,बाह्य ऋण सापट हिसाव ७ करोड ५१ लाख ८२ हजार ५ सय रुपैयाँ, पुँजिगत अनुदान कोष १२ लाख ९२ हजार ३ सय ७७ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने हिसाव २ लाख ८४ हजार ९ सय ६७ रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १५ करोड ७१ लाख १५ हजार ६ सय ९८ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बलराम बस्नेतले जानकारी दिनु भयो । संस्थामा अहिले २०६ वटा समुह तथा ११०१ जना शेयर सदस्य रहेका छन्।

    कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापा, जिल्ला सहकारी संघ लि. धादिङका अध्यक्ष रंग थपलिया, थाक्रे गाउँपालिका नम्बर ६ का वडा अध्यक्ष हिरा बहादुर थापा, वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा, वडा सदस्यहरु, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका बरिष्ठ सहायक सूय अधिकारी, केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा,विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १९:२०:५४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology