धार्के,धादिङ । उदय कृषि बहुउद्देश्यीय सहकारीले आफ्नो १७औँ वार्षिक साधारण समपन्न भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त सहकारीले बुधबार साधारण सभा मनाए हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८१ संस्थाका अध्यक्ष बासुदेब बास्कोटाले प्रस्तुत गर्नु भएको थियो।
सहकारीमा १ करोड १७ लाख २० हजार को सेयर रकम, १ करोड १ हजार ७ सय ९१ रुपैँया निक्षेप बचत, १ करोड ७६ लाख ५९ हजार ९ सय ४९ रुपैयाँ ऋण लगानी रहेको सहकारीको व्यवसाय कर्जा १ करोड ११ लाख ९ हजार ९५७ रुपैया र कृषि कर्जा ६४ लाख १ हजार ४९१ रुपैयाँ रहेको सहकारीको कुलपुँजी तथा दायित्व २ करोड ४२ लाख ४० हजार रहेको सहकारीका प्रबन्धक राम नेपालीले बताए।

सहकारीको यस आ.वको स्थिर सम्पति ४४ लाख ५१ हजार ९१४ रुपैयाँ रहेको सहकारीका लेखा सुपरिवेक्षण समितिका सदस्य केदार प्रसाद आचार्यले बताए्।
संस्थामा अहिले १२५८ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,बचत कर्ताहरु तथा ऋणीहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष बास्कोटाले बताए ।

सहकारीका अध्यक्ष बासुदेब बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा धुनिबेशी नगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्य,कार्यपालिका सदस्य सावित्रि मिजार, नगर सभा सदस्य केशव मिजार, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।