शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकामा एकिकृत घुम्ती शिविर सुरु, शिविर पौष १६ गते सम्म सञ्चालन हुने

थाक्रे गाउँपालिकामा एकिकृत घुम्ती शिविर सुरु, शिविर पौष १६ गते सम्म सञ्चालन हुने

आशिष ठकुरी

१२, पौष २०८१
  • 3.7K
    SHARES
  • थाक्रे गाउँपालिकामा एकिकृत घुम्ती शिविर सुरु, शिविर पौष १६ गते सम्म सञ्चालन हुने

    धादिङको थाक्रे गाउँपालिकामा घुम्ती शिविर सुरु भएको छ । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविर यहि पौष १६ गते सम्म सञ्चालन हुने गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँले शिविर अवधीभर विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिने बताउनुभएको छ ।

    images
    images
    sibir 1.jpg

    वडा नम्बर १ र २ का वडालाई लक्षित गरेर बिहिबार भएको शिविरमा १८७ जनाले सेवा लिनुभएको प्रमुख प्रशासकिय अधिकृत केसीको भनाई छ । उहाँका अनुसार पञ्जिकरण, राजश्व, योजना, महिला बालबालिका तथा जेष्ठ नागरिक, कृषी विकास, पशु सेवा, स्वास्थ्य, प्रधानमन्त्री रोजगार र सामी परियोजना अन्तर्गतका विभिन्न सेवाहरु नागरिकलाई प्रदान गरिने छ ।

    यस्तो छ घुम्ति शिविरको तालिका

    thakre.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:०८:३४ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology