शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका वडा नम्बर ४ मा भएको एकिकृत घुम्ती शिविरमा ३७८ जनाले लिए सेवा

थाक्रे गाउँपालिका वडा नम्बर ४ मा भएको एकिकृत घुम्ती शिविरमा ३७८ जनाले लिए सेवा

आशिष ठकुरी

१२, पौष २०८१
  • 4.4K
    SHARES
  • थाक्रे गाउँपालिका वडा नम्बर ४ मा भएको एकिकृत घुम्ती शिविरमा ३७८ जनाले लिए सेवा

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ मा भएको एकिकृत घुम्ति शिविरमा ३७८ जनाले सेवा लिएका छन् । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा आज उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।

    images
    images

    शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । शिविरमा ६ जनाले योजना सम्झौता गरेका छन् । यस्तै सामी शाखा अन्तर्गत ३८ जनालाई परामर्श प्रदान गरिएको छ ।

    यस्तै ८२ जनाले सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । पशु शाखा अन्तर्गत ७५ जनालाई परामर्श तथा ५० जनाले गोबर परिक्षण गरेका छन् । यस्तै ७ जनालाई कृषी परामर्श, १० जनालाई राजश्व परामर्श, २ जनाको व्यवसाय नविकरण गरिएको छ ।

     

    यसैगरी ३ जनालाई अपाङ्ग परिचयपत्र र ५५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत १ जनाले सेवा लिएका छन् भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत ५० जनाले सेवा लिएका छन् ।

    अब शनिबार वडा नम्बर ३ को ३ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने सामी शाखाका लक्ष्मी भुजेलले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - १८:४३:५८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology