शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकिकृत घुम्ती शिविरको तेस्रो दिन : थाक्रे ३ मा २४७ जनाले लिए सेवा

एकिकृत घुम्ती शिविरको तेस्रो दिन : थाक्रे ३ मा २४७ जनाले लिए सेवा

आशिष ठकुरी

१३, पौष २०८१
  • 3.6K
    SHARES
  • एकिकृत घुम्ती शिविरको तेस्रो दिन : थाक्रे ३ मा २४७ जनाले लिए सेवा

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ मा भएको एकिकृत घुम्ति शिविरमा २४७ जनाले सेवा लिएका छन् । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा शनिबार तेस्रो दिन उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।

    images
    images

    यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३७८ जनाले सेवा लिएका थिए । यो सँगै तेसो दिनसम्म घुम्ति शिविर मार्फत ८१२ जनाले सेवा लिईसकेका छन् ।

    शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । शिविरमा ७ जनाले योजना सम्झौता गरेका छन् । यस्तै सामी शाखा अन्तर्गत ५५ जनालाई परामर्श प्रदान गरिएको छ ।

    3.jpg

    यस्तै ५५ जनाले सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत २० जनालाई परामर्श तथा ३६ जनाले गोबर परिक्षण र भ्याक्सिन तथा उपचारको सँख्या ५० रहेको छ । यस्तै ४ जनालाई राजश्व परामर्श, १ जनाको व्यवसाय नविकरण गरिएको छ ।

    यसैगरी १ जनालाई अपाङ्ग परिचयपत्र र ६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत ५ जनालाई परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत २५ जनाले सेवा लिएका छन् ।

    3.jpg

    अब आईतबार वडा नम्बर ७ र ८ को लागि ८ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने सामी शाखाका लक्ष्मी भुजेलले जानकारी दिनुभयो । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - १९:५०:०९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology