शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकिकृत घुम्ती शिविरको चौथो दिन : थाक्रे ७ र ८ का ३५५ जना नागरिकले लिए सेवा

एकिकृत घुम्ती शिविरको चौथो दिन : थाक्रे ७ र ८ का ३५५ जना नागरिकले लिए सेवा

आशिष ठकुरी

१४, पौष २०८१
  • 4.1K
    SHARES
  • एकिकृत घुम्ती शिविरको चौथो दिन : थाक्रे ७ र ८ का ३५५ जना नागरिकले लिए सेवा

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा भएको एकिकृत घुम्ति शिविरमा ३५५ जनाले सेवा लिएका छन् । विभिन्न वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविरमा आईतबार चौथो दिन ७ र ८ नम्बर वडालाई लक्षित गरेर भएको शिविरमा उक्त सँख्याका नागरिकले सेवा लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार एउटै व्यक्तिले पनि एक वा एक भन्दा बढि सेवा लिएका छन् ।

    images
    images

    यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३७८ जना र शनिबार वडा नम्बर ३ मा भएको शिविरमा २४७ जनाले सेवा लिएका थिए । यो सँगै चौथो दिनसम्म घुम्ति शिविर मार्फत १ हजार १ सय ६७ जनाले सेवा लिईसकेका छन् ।

    शिविरमा विभिन्न शाखा अन्तर्गतका सेवाहरु प्रदान गरिएको छ । आईतबारको शिविरमा पुर्वाधार तथा योजना शाखा अन्तर्गत ८ जनाले योजना सम्झौता गरेका छन् भने १ जनाले निवेदन र ५ जनालाई सम्बिन्धित विषयमा अभिमुखिकरण गरिएको छ । यस्तै सामी शाखा अन्तर्गत ६५ जनालाई गहन अभिमुखिकरण परामर्श प्रदान गरिएको छ ।

    thakre 2.jpg

    यस्तै ८४ जनालाई सुगर प्रेसर सँगै सामान्य चेकजाँच र औषधी सँगै परामर्श दिईएको छ । कृषी तथा पशु शाखा अन्तर्गत १० जनालाई परामर्श तथा १२५ जनाले गोबर परिक्षण गरेका छन् । यस्तै ६ जनालाई व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि र ७ जनाको व्यवसाय नविकरण गरिएको छ । व्यवसाय नविकरणबाट १६,१०० राजश्व सँकलन पनि भएको छ ।

    यसैगरी १ जनालाई अपाङ्ग परिचयपत्र र १४ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । यस्तै पञ्जिकरण शाखा अन्तर्गत ७ जनालाई घटनादर्ता, सामाजिक सुरक्षा सँगै परामर्श गरिएको छ भने प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम अन्तर्गत २२ जनाले सेवा लिएका छन् ।

    अब सोमबार ११ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने सामी शाखाका लक्ष्मी भुजेलले जानकारी दिनुभयो । अन्तिम दिन मँगलबार वडा नम्बर ९ र १० का लागि १० नम्बर वडा कार्यालयमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - १७:३८:१२ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology