आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जीवनपुर साना किसान कृषि सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

जीवनपुर साना किसान कृषि सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

१५, पौष २०८१
  • 3.3K
    SHARES
  • जीवनपुर साना किसान कृषि सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

    जीवनपुर,धादिङ । धादिङको धुनिवेशी नगरपालिका ३ मा रहेको जीवनपुर साना किसान कृषि सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images

    471734655_1417071146361278_2759470955128754557_n.jpg

    सोमबार सम्पन्न साधारण सभामा अध्यक्ष राजेश कुमार रुचालले सहकारीको वार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक रमेश रुपाखेतीको प्रतिवेदन, लेखा समिति संयोजक माधबराज रेग्मीले आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो।

    संस्थाका अध्यक्ष राजेश कुमार रुचालले पेश गर्नुभएको प्रतिवेदनमा सहकारीको माध्यमद्घारा कृषकहरुलाई ब्यवसायिक बनाउने उद्घेश्यले संस्थाले आफ्ना सदस्यहरुलाई ब्यवसायिक बनाउन बिभिन्न तालिमहरु संचालन गर्ने गरेको, किसानहरुको आर्थिक, तथा सामाजिक बिकास गराउन सरकार, सहकारी तथा निजि क्षेत्रको पहलमा विभिन्न कार्यक्रमहरु संचालग गरिरहेको बताउनु भएको छ ।

    471872507_1417070916361301_3601512054999431545_n.jpg

    कृषि सहकारीका प्रवन्धक रमेश रुपाखेतीले पेश गर्नुभएको संस्थाको आर्थिक तथा सांगठनिक प्रतिबेदन अनुसार जीवनपुर साना किसान कृषि सहकारीले बिभिन्न निकाय मार्फत थुप्रै अनुदानका कार्यक्रमहरु संचालन गरेको बताउनु भयो । अनुदानका कार्यक्रम मार्फत सदस्यहरुको आय स्तर बृद्धि तथा कृषिमा आधुनिकीकरण गर्न मद्धत पुगेको तथा सदस्यहरुको आय बृद्धिका लागि अनुदानका कार्यक्रमहरु संचालन गर्न संस्था अझै कृयाशिल भएर लाग्ने बताउनु भयो।

    जीवनपुर सानाकिसान कृषि सहकारीको २२ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भएको छ। उहाँले जीवनपुर सहकारी नमुना सहकारीको रुपमा अगाडी बढेको बताउँनु भयो।

    471872757_1417071646361228_2636203809943659649_n.jpg

    कार्यक्रममा बोल्नुहुदै धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जीवनपुर साना कसान कृषि सहकारी संस्थासंग नगरपालिकाले विगतका वर्षहरुमा विभिन्न कार्यक्रममा साझेदारी गरेको र आगामि वर्ष पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

    जीवनपुर साना किसान कृषि सहकारी संस्थामा २०८१ असोज मसान्त सम्ममा १९६३ शेयर सदस्य, सहकारीको शेयर पुँजी २ करोड ४५ लाख ४० हजार ४ सय, लगानीमा रहिरहेको ल.र.र ऋण रकम २४ करोड ४० लाख ३९ हजार ५५० रुपैयाँ रहेको छ भने २०८१ असार मसान्त सम्मा सहकारीको खुद नाफा ८३ लाख १६ हजार ३४७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सहकारीको जम्मा करोकार ३२ करोड ८८ लाख ४८ हजार ९३७ रुपैयाँ रहेको सहकारीका प्रबन्धक रमेश रुपाखेतीले जानकारी दिनु भयो । कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,बचत कर्ताहरु तथा ऋणीहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको छ।

    472021674_1417072026361190_6968783010472346481_n.jpg

    सहकारीका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेका थियो । धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उप प्रमुख सुरज उप्रेती, विभिन्न वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य अप्सरा अधिकारी, जिल्ला सहकारी संघका पृर्व अध्यक्ष रामचन्द्र आचार्य, साना किसान कृषि सहकारी संस्था लि. छत्रेदेउरालीका अध्यक्ष रन्जना पाठक नगरपालिका सहकारी शाखाका प्रतिनिधि लगायत शेयर सदस्यहरु उपस्थिति रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - १९:०५:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology