शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङमा पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

बेनीघाट रोराङमा पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

शिवराज आचार्य

१६, पौष २०८१
  • 2.4K
    SHARES
  • बेनीघाट रोराङमा पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

    विशालटार,धादिङ । धादिङको बेनीघाट रोराङमा पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ। शिक्षामा पहुँच सुनिश्चितता परियोजना (सेफ) अन्तर्गत पालिका स्तरिय परियोजना सल्लाहकार समितिको बैठक गाउँपालिकाको सभाहलमा भएको हो।

    images
    images

    बेनीघाट रोराङ गाउँपालिकाका वडा नम्बर ६, ८ र १० का सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना गाउँपालिकाको समन्वय, सहकार्य, चाईल्ड फण्ड जापानको आर्थिक साझेदारीमा प्रयास नेपाल धादिङले १९ वटा विद्यालयहरुसँग समन्वयमा परियोजना संचालन गर्दै आएको छ ।

    परियोजनाले बैशाख देखि मंसिर मसान्त सम्म सम्पन्न गरेका क्रियाकलापहरुको बोरमा जानकारी तथा समिक्षा गर्नुका साथै परियोजनाले पौष देखि चैत्र अन्तिम सम्म सञ्चालन गर्ने क्रियाकलापहरुका बारेमा परियोजना प्रबन्धक सन्तोष सत्यालले जानकारी गराउनु भएको थियो।

    c9bc4158-12b3-453e-8c29-c854eb496a3a.jpeg

    समिक्षा बैठकमा बालविकास सहजकर्ताकहरुको ५ दिन तालिम र अभिभावक शिक्षा,शिक्षकहरुका लागि बालमैत्री कार्यशाला तालिम,प्रधानाध्यापकहरुलाई नेतृत्व विकास तथा व्यवस्थापन तालिम तथा प्रत्यायोजित र अन्य बालबालिकालाई शैक्षिक सामाग्री सहयोग लगायतका बारेमा प्रबन्धक सत्यालले जानकारी गराउनु भएको हो ।

    परियोजनाले आगामी दिनमा बालविकास कक्षाकोठा व्यवस्थापनमा सामाग्री सहयोग,राष्ट्रिय माध्यमिक विद्यालयमा सिकाई केन्द्र निर्माण, गरिब परिवारलाई आयआर्जन सहयोग र प्रधानाध्यापकहरुको त्रैमासिक बैठक लगायतका बारेमा समिक्षा बैठकमा जानकारी गराईएको फिल्ड कार्यक्रम अधिकृति शुमित्रा चेपाङले जानकारी दिनु भयो।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे,शिक्षा अधिकृत बोदराज पाठक, वडा नम्बर ६ का वडा अध्यक्ष टेकनाथ सिलवाल,वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, प्रयास नेपालका उपाध्यक्ष उषा वि.क,चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - १८:१४:०६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology