धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ को सरस्वती मन्दिरको प्राङगणामा कौडिण्य गोत्रीय आचार्य बन्धु समाज धादिङको प्रथम जिल्ला भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
कौडिण्य गोत्रीय आचार्य बन्धु समाज धादिङ जिल्ला कार्यसमितिको अध्यक्षमा केशव प्रसाद आचार्य निर्बाचित भएका छन् । केशब प्रसाद आचार्यको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति सर्बसम्मत रुपम निर्वाचित भएका छन्।
समितिको नबनिर्बाचित वरिष्ठ उपाध्यक्षमा दयानिधी आचार्य, उपाध्यक्षमा उदय बहादुर आचार्य, सचिबमा जीवनाथ आचार्य, सहसचिवमा संगिता आचार्य अधिकारी ,कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य निर्बाचित भएका छन् ।
यसैगरी कौडिण्य गोत्रीय आचार्य बन्धु समाज धादिङको निर्बाचित सदस्यहरुमा खिल प्रसाद आचार्य, नारायण आचार्य, टंक प्रसाद आचार्य, श्रीराम आचार्य, नकुल आचार्य, अर्जुन आचार्र्य, पुष्पराज आचार्य, मधुसुदन आचार्य,विष्णु प्रसाद आचार्य रहेका छन् ।
यसैगरी दुई जना केन्दिय प्रतिनिधी निर्वाचित भएका छन्। जसमा शिवराज आचार्य र अर्जुन प्रसाद आचार्य रहेका छन्।

१५ सदस्य समितिलाई निर्वाचन समितिका संयोजक रामचन्द्र आचार्यले सामुहिक रुपमा इश्वरका नाममा शपथ ख्वाएर औपचारिक प्रतिबद्धता गराए भने माला र अभीर लगाएर केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बधाई तथा शुभकामना दिए ।
यसैगरी सल्लाहाकारहरु धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृण आचार्य,थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्य, थाक्रे गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्य, रामचन्द्र आचार्य, गिता प्रसाद आचार्य र राधारमण आचार्य रहनु भएको छ ।

कार्यक्रममा धादिङ जिल्लाका ७ वटा स्थानीय तह धुनिवेशी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका र गजुरी गाउँपालिकाका कौडिन्य गोत्रीय आचार्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अर्जुन प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख बालकृण आचार्य,थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश प्रसाद आचार्य, थाक्रे गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष श्यामचन्द्र आचार्य, बागमती प्रदेश उपाध्यक्ष सर्दशन प्रसाद आचार्य, चितवन जिल्ला अध्यक्ष शंकर आचार्य,ललितपुर जिल्ला अध्यक्ष पुस्कर आचार्य, कलाकार दिपक आचार्य, समाजसेवी रमेश कुमार आचार्य लगायत करिब ५ सय भन्दाबढि आचार्यहरुको उपस्थिति रहेको थियो ।