धादिङको थाक्रे गाउँपालिकामा दोस्रो किस्ताको सामाजिक भत्ता वितरण सुरु हुँदैछ । बुधबार वडा नम्बर ६ को लागि सेतीदेवी मा.वि र वडा कार्यालय भवनमा भत्ता वितरण हुने गाउँपालिकाले जनाएको छ । बिहान ९ ः४५ देखी दिउँसो १ बजे सम्म सामाजिक भत्ता वितरण हुनेछ ।
यस्तै बिहिबार वडा नम्बर ११ का नागरिकको लागि वडा कार्यालय भवनमा बिहान ८ बजे देखि १२ बजे सम्म सामाजिक भत्ता वितरण हुनेछ ।
सबै वडाहरुमा दैनिक रुपमा आर्थिक वर्ष २०८१ ०८२को सामाजिक सुरक्षा दोस्रो त्रैमासिक किस्ता रकम गाउँपालिका र प्रभु बैँक बिच भएको सम्झौता अनुसार वितरण हुने गाउँपालिकाले जनाएको छ ।
अन्य दिन कहाँ सामाजिक भत्ता वितरण हुँदैछ ? सुचना हेर्नुहोस् ।