शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनीघाट रोराङमा भुकम्प सुरक्षा सम्बन्धि कृतिम अभ्यास कार्यक्रम सञ्चालन

बेनीघाट रोराङमा भुकम्प सुरक्षा सम्बन्धि कृतिम अभ्यास कार्यक्रम सञ्चालन

शिवराज आचार्य

६, माघ २०८१
  • 3.3K
    SHARES
  • बेनीघाट रोराङमा भुकम्प सुरक्षा सम्बन्धि कृतिम अभ्यास कार्यक्रम सञ्चालन

    धादिङ । धादिङको बेनीघाट रोराङमा भुकम्प सुरक्षा दिवसको अवसर पारेर कृतिम अभ्यास कार्यक्रम भएको छ।

    images
    images

    प्रयास नेपाल र चाइल्डफन्ड जापानको साझेदारी साथै बेनीघाट रोराङ गाउँपालिकाको समन्वयमा संचालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना सेफ लागु भएका वडाका विभिन्न विद्यालयमा भुकम्प सुरक्षा दिवसको अवसर पारेर कृतिम अभ्यास गरिएको परियोजना प्रबन्धक सन्तोष सत्यालले बताउनु भयो ।

    WhatsApp Image 2025-01-19 at 17.51.55_416fdb52.jpg

    बेनीघाट रोराङ गाउपालिकाको वडा नम्बर ६,८ र १० को माध्यमिक विद्यालयहरुमा माघ २, ३ र ६ गते भुकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कृतिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा विद्यालयहरुमा भुकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कृतिम अभ्यास कार्यक्रम गरिएको प्रबन्धक सत्यालले बताउनु भएको छ ।

    तीन वटा वडाका माध्यमिक विद्यालयका विद्यार्थीहरुले कृतिम अभ्यासमा अभिनय गरेर सचेतना जागरीत गराएको विद्यालयले बताएको छ । उक्त कार्यक्रमले आपत विपतको समयमा कसरी सुरक्षित रहन सकिन्छ, घटना घटेमा कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्ने सूचना सबै सहभागीहरुमा पुगेकोले आगामी दिनहरुमा सम्यमित हुन घच्घच्याएको सहभागीहरुले बताएका छन्

    WhatsApp Image 2025-01-19 at 17.51.55_01218f13.jpg

    कार्यक्रममा वडा कार्यालयका प्रतिनिधीहरु,विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरुको उपस्थिति रहेको रहेको कार्यक्रममा प्रत्येक विद्यालयका २०० जना भन्दा बढीले उक्त कार्यक्रम अवलोकन गरेका छन।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १९:०८:२१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology