शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल रेडक्रस सोसाइटी धुनिवेशी उपशाखाको सभापतिमा रुपाखेती

नेपाल रेडक्रस सोसाइटी धुनिवेशी उपशाखाको सभापतिमा रुपाखेती

शिवराज आचार्य

६, माघ २०८१
  • 3.1K
    SHARES
  • नेपाल रेडक्रस सोसाइटी धुनिवेशी उपशाखाको सभापतिमा रुपाखेती

    धादिङ । नेपाल रेडक्रस सोसाइटी धुनिवेशी उपशाखा, धुनिवेशी ५ धादिङको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले रामेश्वर रुपाखेतीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    images
    images

    त्यस्तै उपशाखाको उपसभापतिमा सुशिला बाँस्कोटा, सचिवमा राम नेपाली,कोषाध्यक्षमा किशोर कोइराला, उप–सचिवमा विष्णु तामाङ र सह–कोषाध्यक्षमा बद्रि प्रसाद बाँस्कोटा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा रामचन्द्र आचार्य,मनोज लामा,गोकुल राई,प्रेम प्रसाद भट्ट र सरिता आचार्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक सिर्जना पाण्डे थापाले बताएका छन् ।

    उपशाखाका सभापति रामबाबु रेग्मीको अध्यक्षता तथा धुनिवेशी नगरपालिका उपप्रमुख सुरज उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापति दुर्लब कुमार तामाङ लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०८१ आइतवार - १९:४६:५३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology