शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको गाउँ सभा तथा १६औं अधिवेशन सम्पन्न

थाक्रे गाउँपालिकाको गाउँ सभा तथा १६औं अधिवेशन सम्पन्न

शिवराज आचार्य

१४, माघ २०८१
  • 2.5K
    SHARES
  • थाक्रे गाउँपालिकाको गाउँ सभा तथा १६औं अधिवेशन सम्पन्न

    थाक्रे,धादिङ । धादिङको थाक्रे गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । सोमबार गाउँपालिकाले गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष ०८१/८२ को हाल सम्मको प्रगति विवरण तथा विभिन्न विधेयक पारित गर्दै गाउँपालिकाको १६ औं अधिवेशन गरेको हो ।

    images
    images

    गाउँ सभामा चालू आर्थिक बर्षको पुस मसान्त सम्मको बजेट तथा कार्यक्रमको समिक्षा प्रगति विवरण गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गर्नुभएको छ । उहाँले विषयगत क्षेत्रमा भएका प्रगती विवरण सभा समक्ष प्रस्तुत गर्नुभएको हो।

    सभामा अध्यक्ष आचार्यले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषी तथा पशु विकास, सामी परियोजना, महिला तथा बालबालिका र राजश्व तर्फको प्रगती विवरण प्रस्तुत गर्नुभएको छ । यस्तै उहाँले पुस मसान्त सम्मको बजेट कार्यान्वयनको अवस्था, बेरुजु नियन्त्रण, योजनाहरुको विवरण सहित वडागत विनियोजित बजेटको प्रगती समिक्षा सभामा प्रस्तुत गर्नुभएको छ ।

    thakre sava.jpg

    यस्तै सभा मार्फत विभिन्न विधेयकहरु पनि पारित भएका छन् । उपाध्यक्ष यन्त्र बहादुर थापाले प्रस्तुत गर्नुभएको दलित विद्यार्थी छात्रवृत्ति कोष सञ्चालन कार्यविधि, २०८१, थाक्रे गाउँपालिकाको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८१, थाक्रे गाउँपालिकाको फोहोरमैला संकलन सम्बन्धी कार्यविधि, २०८१, थाक्रे गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि, २०८१, थाक्रे गाउँपालिका सार्वजनिक सुनुवाइ कार्यविधि, २०८१, विपन्न वर्ग आर्थिक सहायता कार्यविधि, २०८१, थाक्रे गाउँपालिकाको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१, बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि, २०८१, तरकारी प्रवद्र्धन (कन्ये च्याउ) कार्यक्रम सञ्चालन कार्यविधि, २०८१, विषयगत समिति (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०८१ तथा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन कार्यविधि सभा मार्फत सर्वसम्मतले पारित भएको हो ।

    गाउँसभा तथा अधिवशनमा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के.सी वडा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १७:४५:२१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology