शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न, अर्धबार्षिक कार्यप्रगतिको समिक्षा

धुनिवेशी नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न, अर्धबार्षिक कार्यप्रगतिको समिक्षा

आशिष ठकुरी

२३, माघ २०८१
  • 3.1K
    SHARES
  • धुनिवेशी नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न, अर्धबार्षिक कार्यप्रगतिको समिक्षा

    धुनिवेशी नगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । नगर कार्यपालिकाको कार्यालय जुगेडीमा सम्पन्न १६ औँ नगरसभामा चालु आर्थिक बर्षको अर्धबार्षिक कार्यप्रगतिको समिक्षा गरिएको थियो ।

    images
    images

    १६ औँ नगरसभामा नगरप्रमुख बालकृष्ण आचार्यले सामाजिक र भौतिक विकासका लागि प्रयत्नशिल रहदै शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता क्षेत्रमा गुणस्तरसहित पहुँच अभिवृद्धि गर्ने र सडक निर्माण र स्तोरन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखी सकारात्मक परिवर्तन तथा विकास र समृद्धिको माध्यमबाट सम्मृद्ध धुनिवेशी सुखी नरगवासीको अवधारणालाई साकार रुप दिन नगरपालिका लागि परेको बताए ।

    नगरसभामा उपप्रमुख सुरज उप्रेतीले कृषि, पशुपक्षी,प्रधानमन्त्री रोजगार, लघु उद्यम विकास कार्यक्रम,सहकारी र सडक पुर्वाधार लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।

    dhunapa.jpg

    कार्यप्रगति समिक्षामा पुस मसान्तसम्म चालु तर्फ १५ करोड ८५ लाख ७६ हजार ८ सय ९२ र पुँजीगत तर्फ २ करोड ९३ लाख ३३ हजार २ सय २९ गरी कुल १८ करोड ७९ लाख १० हजार १ सय २२ रुँपैया खर्च भएको नगरउपप्रमुख उप्रतीले जानकारी दिए । यो धुनिवेशी नगरपालिकाको विनियोजन बजेटको तुलनामा २१ दशमलब ३१ प्रतिशत हो भने प्राप्तीको तुलनामा ५६ दशमलब ७१ प्रतिशत हो ।

    कार्यप्रगति समिक्षामा नगरपालिकाको नगर अस्पतालको भवन हस्तान्तरण प्रक्रियामा रहेको बताइएको छ । यसैगरी नगरपालिकाको स्वामित्वमा रहेको ४ वटा एम्बुलेन्सहरुले ६ सय ४५ जनालाई निशुल्क सेवा उपलब्ध गराएको छ भने २ सय ६५ जनालाई सशुल्क सेवा उपलब्ध गराएको छ । नौविसे स्वास्थ्य चौकीमा रहेको एक्स रे सेवाबाट ५ सय २४ जनाले सेवा लिएको उपप्रमुख उप्रतीले जानकारी दिए ।

    dhunapa1.jpg

    नगरसभामा उपप्रमुख उप्रतीले चालु आर्थिक बर्ष २०८१/८२ को प्रथम ६ महिनामा नगरस्तरीय र वडास्तरीय गरी जम्मा २ सय ३९ वटा योजना मध्ये १ सय १५ वटा योजनाहरु सम्झौता भई २९ वटा योजनाहरु सम्पन्न भैसकेको जानकारी दिए ।

    यसैगरी नगरसभाले आर्थिक ऐन २०८१ मा मालपोत असुल सम्बन्धी संशोधन अनुमोदन गरेको छ भने शिक्षा ऐन २०८० को केही दफा र उपदफा संशोधन गरेको छ । १६ औँ नगरसभामा नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, वडा सदस्य,प्रमुख कार्यकारी अधिकृत निरज पौडेलसहित नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २३, २०८१ बुधवार - १९:०५:१८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology