शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शिवराज आचार्य

२७, माघ २०८१
  • 2.7K
    SHARES
  • धुनिवेशी नगरस्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    धादिङ । धुनिवेशी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ आज आइतबारबाट सुरु भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ को भुवनेश्वरी माध्यमिक विद्यालयको खेलमैदान र धुनिवेशी रंगाशालामा प्रतियोगिता सुरु भएको छ ।

    images
    images

    477089785_1448232109911848_470457540803109615_n.jpg

    नगरस्तरीय प्रतियोगीतामा आधारभुत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय भण्डा लिएर मार्चपासमा सहभागिता जनाएका छन् ।

    476620952_1448232943245098_961645731211854108_n.jpg

    उद्घाटन कार्यक्रममा बोल्नु हुँदै नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख सुरज उप्रेतीले प्रतियोगिताको सफलताको शुभकामना दिनु भएको छ ।

    त्यसै गरी उद्घाटन कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्री मदुकुमार श्रेष्ठले प्रतियोगिताको सफलताको शुभकामना दिनु भएको छ ।

    477712813_1448233369911722_650408580349203152_n.jpg

    कार्यक्रममा बागमती प्रदेशका सहकारी तथा गरिवि निवारण मन्त्री मदुकुमार श्रेष्ठ,धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती,वडा अध्यक्षहरु, पृर्व उपप्रमुख निरु खरेल, कार्यपालिका सदस्यहरु, विभिन्न विद्यालयका पधानाध्यपकहरु र विद्यार्थीहरुको सहभागीता रहेको थियो। रनिङ शिल्ड प्रतियोगिता २९ गते सम्म सञ्चालन हुने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - १८:११:२८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology