आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भुवनेश्वरीलाई

धुनिवेशी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भुवनेश्वरीलाई

शिवराज आचार्य

२९, माघ २०८१
  • 2.3K
    SHARES
  • धुनिवेशी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भुवनेश्वरीलाई

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माध्यमिक विद्यालय हात पारेको छ । विभिन्न ५४ वटा पदकका लागि भएको प्रतियोगितामा भुवनेश्वरीले १७ स्वर्ण १२ रजत र ५ कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो ।

    images
    476906598_1449799266421799_1564393150091134202_n.jpg
    मच्छिन्द्र माध्यमिक विद्यालय

    यस्तै ७ स्वर्ण १० रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय द्धितीय भएको छ । यस्तै ५ स्वर्ण ९ रजत ९ कास्य सहित महेशधर्म माध्यमिक विद्यालय तृतीय भएको छ । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

    477130092_1449804163087976_2783132760426006169_n.jpg

    यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पदक जित्न सफल खेलाडी र विद्यालयलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई सम्मान गर्नुका साथै प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्न सफल विद्यालयलाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।

    477153915_1449800656421660_254742143536897982_n.jpg

    धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सुरज उप्रेती, वडा नम्बर ५ का वडा अध्यक्ष विशाल भट्टराई ,वडा नम्बर ९ का वडा अध्यक्ष माधब प्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

    477179927_1449803486421377_8264819439501926074_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १९:१९:५२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology